ठिक्ककी फेमिनिस्ट अर्थात् प्राकृतिक क्रान्तिकारी

म को हुँ, कहाँ छु, कहाँ के छ हाल
लिएको छु के कर्म कस्तो छ चाल

बालखै छँदा पढेको लेखनाथ पौडेलको कविताका यी हरफले आजकाल जवाफ मागिरहन्छन् मसँग। जवाफ खोज्न लामै यात्रा छिचोल्नुपर्नेछ। खुट्टा उचाल्न लाग्दै फ्याट्ट मनले भनिहाल्छ– आमस्वास्नीमान्छे। कहिले मनसँगै सहमत भैबस्छु कहिले द्वन्द्व चल्छ मनैमन, कम्तीमा मान्छे अगाडिको विशेषण त हट्नुपर्छ। अटेर मन ज्यान गए मान्दैन। ‘आममान्छे’सम्मको परिचय नभएकी आफूसँग औधि दया लाग्छ। 

‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तो बाल्यकालमा त्यस्तो कुनै चमत्कारिकता मैले देखाउन सकिनँ। बरु सिकुटे ज्यान (उति वेला दुब्लो मान्छेलाई खान नपाएको, दुुःखी मान्छेको रूपमा बुझिन्थ्यो। अझै पनि त्यो मान्यता पूरै हटिसकेको छैन।), घुँग्रिएको कपाल र कालो छाला हुनुको विशेषताले औसतभन्दा कम केटी भएँ। गाउँमा घर हुनु र बजारको स्कुलमा हिँडेर पढ्न जानुपर्नाले घरबाट निस्कनासाथ स्कुल पुग्ने बजारिया साथीहरूका सामु सधैँ गाउँले हुनुको दुःखबोध गराइरह्यो।

प्रकाशित मिति: : 2022-02-19 10:20:00

प्रतिकृया दिनुहोस्