बिएल संवाददाता
चीनमा स्थानीय स्तरका ४० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् ।प्राप्त समाचारअनुसार बिहीबार यहाँका ग्वाङदोन, जान्सु, युनानलगायतका शहरहरुमा ती संत्रमित भेटिएका हुन्। यहाँको नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो।
तीमध्ये कतिपय नागरिकहरु बाहिरबाट आएका पनि रहेका छन्। सांघाइमा देशबाहिरबाट आएका केही संक्रमितहरु फेला परेका पनि अधिकारीहरुले जानकारी दिएका छन्।ती अधिकारीका अनुसार अहिले चीनमा १ हजार ४०० भन्दा केही बढी संक्रमितहरु उपचाररत रहेका छन्।ती अधिकारीहरुका अनुसार तीमध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ।
चीनले पछिल्लो समयमा जनस्वास्थ्यका मापदण्डमा निकै कडाइ गर्नुका साथै अन्य सतर्कताका कारण धेरै नागरिकमा यो संक्रमण सर्न पाएको छैन। चीन सरकारले नागरिकहरुलाई कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको जनाएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया