बिएल संवाददाता
सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत एघारौं चरणको अन्तिम दिन आज (बिहीबार) दुई खेलहरु हुँदैछन्। दुबै खेल दिउँसाे १ बजे दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन्।
त्रिपुरेश्वरस्थित रंगशालामा हुने खेलमा एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ। मनाङ एपीएफलाई हराउँदै दोस्रो स्थान रहन चानछ भने एपीएफ मनाङलाई स्तब्ध पार्दै रेलिगेशनबाट ढुक्क हुन चाहन्छ।
मनाङ १० खेल २० अंक जोडेर दोस्रो स्थानमा छ। एपीएफ १० खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। एनआरटी १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा रहेको छ। संकटा १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।
जारी लिगमा दुई खेल बाकी रहदै मछिन्द्र फुटबल क्लब च्याम्पियन भएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया