यदु स्मृति पत्रकारिता पुरस्कार केसीलाई

यदु गौतम प्रतिष्ठानले यसवर्षको ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ रूकुममा कार्यरत क्रियाशील पत्रकार महेश केसीलाई प्रदान गर्ने भएको छ।

पुरस्कार छनोट समितिकाे २०७८ माघ २८ गते काठमाडौंमा बसेकाे बैठकले उनलाई पुरस्कार दिने निणर्य गरेको संयोजक सूर्य थापाले जानकारी दिएका छन्।

सिफारिस समितिका संयाेजक सूर्य थापाकाे अध्यक्षतामा सम्पन्न बैठकमा सदस्य तीर्था गाैतम र सदस्य सचिव रूद्र खड्काकाे उपस्थिति थियाे। विगत २० वर्षदेखि निरन्तर याे पुरस्कार यदु स्मृति प्रतिष्ठानले हत्या, हिंसा र अराजकताविरूद्ध शान्ति, सुशासन र अमनचयनकाे पक्षमा कलम चलाउने पत्रकारलाई प्रदान गर्दैआएकाे छ।

केसीलाई फागुन २१ गते नगद १५ हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिनेछ।

प्रकाशित मिति: : 2022-02-12 08:45:00

प्रतिकृया दिनुहोस्