माघमै योजना सम्झौता गर्ने वडाध्यक्षलाई सम्मान

तातोपानी गाउँपालिकाले माघ महिना भित्रै योजना सम्झौता गर्ने वडा अध्यक्षलाई सम्मान गरेको छ। तातोपानी १  का वडा अध्यक्ष प्रेम बहादुर कठायतलाई सम्मानित गरिएको हो। पालिकाले माघभित्रै योजना सम्झौता सकाएका कारण  उनलाई सम्मानित गरेको  बताएको छ।  

 छोटो अवधिमा विकास निमार्ण गुणस्तर नहुँने भन्दै पालिकाले माघ भित्रै योजनाको सम्झौता गराउने लक्ष्य  लिएको थियो। सोही वडाका सबै योजना सम्झौता गरेको भन्दै पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु सम्मूर्ण कर्मचारीहरुको सहभागितामा दोसल्ला र अबिरसहित सम्मान गरिएको छ।
 
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकियका रुपमा मिलन बुड्थापा आएपछि माघ पहिलो साता कर्मचारी र वडाध्यक्षहरु संग छलफल गरेर माघ भित्रै योजना सम्झौता सक्ने निर्णय भएको थियो।  

उनी  यसअघिदेखि वडामा प्राविधिक जनशक्ति खटाउने देखि  जनप्रतिनिधि र कर्मचारीहरु योजना सम्झौतामा लागिपरेका थिए।

जसअन्तरर्गत  तातोपानी गाउँपालिका वडा नं.१ का वडाका सबै योजना माघ तेस्रो सातामै सकाउन वडाध्यक्ष प्रेम बहादुर कठायतले प्रभावकारी समन्वय र सहकार्य गरेकोले सम्मान गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले बताए। 

उनले भने, 'माघ मसान्त भित्र सवै योजनाहरु सम्झौता गरि सक्ने भनी गरेको निर्णय लाई सार्थक तुल्याउदै वडा नं.१ वडाध्यक्ष सबै योजना सम्झौता गर्न सफल भएका छन्। अरुलाई सिकाई होस भनेर वडाध्यक्षलाई उर्जा थप्नका लागि पालिकाबाट सम्मान गरेका हौ।'

विकासमा गुणस्तर ल्याउन,पुँजिगत खर्च बढाउन,समयमै भुक्तानि सक्न,असारे विकासको अन्त्य गर्न र अनुगमन निरिक्षणलाई प्रभावकारी माघमै योजना सम्झौता सक्ने अभियान थालेको प्रमुख प्रशासकिय अधिकृत बुड्थापाको भनाई छ। 

हतारमा गरिएको सम्झौताले विकास निर्माणलाई गति दिन नसक्ने भएकाले यसमा कर्मचारी,जनप्रतिनिधि नागरिकको सहयोग समन्वय सहकार्य आबश्यक छ। तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने,“पालिकाका ८ वटा वडा मध्य १ नम्बर वडाले निर्धारित लक्ष्यअनुसार सबै योजना सम्झौता सकेको छ। 

प्रकाशित मिति: : 2022-02-11 20:12:00

प्रतिकृया दिनुहोस्