अमेरिकामा डा. ह्यारी भण्डारीद्वारा दोस्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता

डा. ह्यारी भण्डारीले अमेरिकाको मेरिल्याण्ड राज्यको विधायकमा दोस्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता गरेका छन्। उनले बिहीबार राजधानी एनापोलिसस्थित मेरिल्याण्ड स्टेट बोर्ड अफ इलेक्सनमा गएर औपचारिक रूपमा उम्मेद्वारी दर्ता गरेका हुन् ।  

मेरिल्याण्डको डिस्ट्रिक्ट ८ का वर्तमान विधायक डा. भण्डारीले उम्मेद्वारी दर्ता गरेपछि ब्रेक एन लिंक्सलाई संक्षिप्त प्रतिक्रिया दिदै भने, 'अमेरिका आएपछि मेरो मनमा एउटै कुरा खेलिरहेको हुन्थ्यो कि हामीले हाम्रो समुदायलाई अमेरिकाको मूलधारसँग जोड्नुपर्छ र हाम्रा समस्यालाई अमेरिकी साझा समस्या बनाउनुपर्छ। त्यसो गर्न सकियो भने मात्र हामी भिजिबल हुन्छौ र अमेरिका हामी हाम्रा सन्ततिका लागि प्रचुर सम्भावनाकोदेशका रूपमा उपस्थित हुन्छ।'  

अमेरिकामा नेपाली समुदायका साझा सपना केही मात्रामा भए पनि साकार हुने दिशामा अगाडि बढिरहेको बताउँदै डा. भण्डारीले छोटो समयमा जुनसुकै क्षेत्रमा रहेर पनि हाम्रो समुदायले जुन उपलव्धी हासिल गरेको छ, त्यो आफैंमा एक मानकको रूपमा उभिएको पनि बताए।  

डा. भण्डारी अमेरिकाकै सबैभन्दा पुरानो स्टेट क्यापिटल हलमा जारी ४४४औं संससदीय सत्रमा पहिलो कार्यकालको अन्तिम सत्रमा विधायिकी कार्यहरू सम्पन्न गर्न व्यस्त छन् । त्यही क्यापिटल हलबाट जेफरसन र वासिङट्टनले आजको विशाल अमेरिका बनाउने सपना देखेका थिए । डा. भण्डारी पनि नेपाली समुदायका हामी र हाम्रा सन्ततिका लागि त्यस्तै सपनाहरू देखिरहेको अनुभूति गरिरहेका छन्। उनी भन्छन्, 'यो ऐतिहासिक सदनमा जे जस्ता अनुभव र आत्मबल हासिल भएका छन्, ती सबै हाम्रा समुदायका सार्वजनिक पूँजी हुन्।'  

राजनीति एउटा युगिन रिले यात्रा हो। यो १००मिटरको दौड वा केही माइलको म्याराथुन जस्तो आवधिक दौड हैन । चुनाव राजनीतिको एक अभिन्न अंग हो। हाम्रो समुदाय यसमा सहभागी हुनुपर्छ। हाम्रो सहभागिताले नै हाम्रो समुदायलाई हरेक क्षेत्रमा प्रतिस्पर्धी बनाउँछ। र, यही प्रतिस्पर्पधाको दौड पार गरेपछि मात्र हामी नीति निर्माणको तहमा पुग्छौं। अनि मात्र हाम्रो समुदायका समस्याहरू नीतिगत र संरचनागत रूपमा संवोधन हुने दिशामा अघि बढ्छन्।  

राजनीति १००मिटरको दौड वा केही माइलको म्याराथुन जस्तो आवधिक दौड नभएर एउटा युगिन रिले यात्रा भएको बताउँदै डा. भण्डारीले भने, चुनाव राजनीतिको एक अभिन्न अंग हो। हाम्रो समुदाय यसमा सहभागी हुनुपर्छ। हाम्रो सहभागिताले नै हाम्रो समुदायलाई हरेक क्षेत्रमा प्रतिस्पर्धी बनाउँछ। र, यही प्रतिस्पर्पधाको दौड पार गरेपछि मात्र हामी नीति निर्माणको तहमा पुग्छौं। अनि मात्र हाम्रो समुदायका समस्याहरू नीतिगत र संरचनागत रूपमा संवोधन हुने दिशामा अघि बढ्छन्।'  

अमेरिकाको नेपाली डायस्पोरामा सम्भावनाको खोजी गर्ने एक सदस्यका रूपमा नेपाली समुदायबाट पाएको अपार आशीर्वाद, माया, सद्भाव, सहयोग र साथका लागि कृतज्ञ रहदै डा. भण्डारीले भने, पाएको छु। यो अनुभव र यो साथले मलाई नेपाली समुदायका लागि थप केही गर्न अभिप्रेरणा मिलेको छ।'  

आफ्नो उम्मेद्वारी अहिलेका लागि डेमोक्रेटिक पार्टीको आधिकारिक उम्मेद्वारी जित्ने आकांक्षाको लागि भएको बताउँदै डेलिगेट डा. भण्डारीले अगाडि भने, 'जन २८ मा हुने डेमोक्रेटिक प्राइमरीमा विजयी भएपछि मात्र नोभेम्बर ८ मा हुने चुनावका लागि डेमोक्रेटिक उम्मेद्वार हुने मेरो ढोका खुल्नेछ।'  

डेलिगेट डा. भण्डारीले यसअघिझै यसपटक पनि अमेरिकाको नेपाली समुदायबाट आशीर्वाद, माया, साथ, सहयोग र सद्भाव प्राप्त अपेक्षा राख्दै अगाडि भने, 'म त्यहीँ भुईंमा उभिएर चुनौतिको यो पहाडलाई अवसरको मैदानमा बदल्ने अभियानमा डट्नेछु । यो अभियान हामी र हाम्रो सन्तान दरसन्तानलाई एकीकृत गर्दै जन्मभूमीसँग जोड्ने साझा अभियान हो। यही पवित्र सोच र कोणबाट मैले आफ्नो उम्मेद्वारी प्रस्तुत गरेको हुँ।'

प्रकाशित मिति: : 2022-02-11 05:15:00

प्रतिकृया दिनुहोस्