मधेश प्रदेशमा जाँचबुझ आयोग गठन सम्बन्धि विद्येयक पारित

Photo : Rss
Photo : Rss

लामो समयदेखि मधेश प्रदेश सभामा अड्किएको जाँचबुझ आयोगको गठन सम्बन्धि विद्येयक सभाबाट सर्वसहम्मतले पारित भएको छ।

बुधवार बसेको प्रदेश सभाको वैठकले जाँच बुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको प्रदेश सभा सचिवालयले जनाएको छ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पेश गरेको विधेयक माथि छलफल पश्चात सर्वसम्मतले पारित भएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए।

जाँचबुझ आयोगमा अदालतका पूर्व न्यायाधीश, मुख्य न्यायाधिवक्ता वा प्रदेश सरकारका बहालवाला सचिव, उपसचिव वा पूर्व सचिव वा उपसचिव र सम्बन्धीत विषयका विज्ञ सहित अन्य बढीमा दुईजना सदस्य रहने व्यवस्था गरिएको छ। आयोगका लागि जनशक्ति र बजेटको व्यवस्थगा भने प्रदेश सरकारले गर्नेछन्।

मधेश प्रदेशका हुने सार्वजनिक महत्वको घटना, अपराध, हत्या हिंसाको लगायतका घटनाको अनुसन्धान जाँच बुझ आयोगले गर्ने विद्येयकमा उल्लेख छ। 

प्रकाशित मिति: : 2022-02-09 20:21:00

प्रतिकृया दिनुहोस्