क्रिप्टोकरेन्सि कारोबार: आक्रामक बन्दै प्रहरी, प्रहरीलाई चक्मा दिँदै ह्याकर

File Photo
File Photo

गत मंगलबार काठमाडौँ बानेश्वरकी अस्मिता भण्डारीको ट्वीटर एकाउण्ट ह्याक भयो। ५६ हजार फ्लोअर भएको उनको ट्वीटर करिब १८ घण्टसम्म ह्याकरको कब्जामा रहयो।

सुरुमा उनलाई आफ्नो एकाउण्टमा केही समस्या आएर चलेन होला भन्ने लागेको थियो। तर, जब उनको एकाउण्डबाट धमाधम ट्वीट हुन थाले त्यसपछि उनी आफ्नो एकाउण्ट ह्याक भयो भन्ने प्रष्ट भइन।

ह्याकरले त्यो अवधिमा अस्मिताको ट्वीटरबाट ११ वटा ट्वीट गरेको थियो। ती सबै क्रिप्टोकरेन्सिसँग सम्बन्धित सामाग्री थिए। यसरी ह्याकरले उनको ट्वीटरबाट डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सि’को राम्रोसँगै प्रचार गर्‍यो। यसरी अस्मिताका ट्वीटर ह्याक गरेर क्रिप्टोकरेन्सिको सामाग्री ट्वीट गर्ने व्याक्ति माल्टाका एक युवक भएको खुलेको छ।

त्यस्तै, बुढानिलकण्डका प्रदीप श्रेष्ठको इन्स्टाग्राममा पनि त्यस्तै घटना घट्यो। गत शुक्रबार उनको इन्स्टाग्राम ह्याक भयो। ह्याकरले सोही इन्स्टाग्रामबाट क्रिप्टोकरेन्सिकै सामाग्री शेयर गरेको थियो।

यसरी पछिल्ला दिनहरु नेपालका धेरै मानिसहरुका सामाजिक सञ्जाल ह्याक गरेर क्रिप्टोकरेन्सिका सामाग्रीहरु प्रकाशन तथा शेयर गर्ने घटनाहरु बढिरहेका छन्।

नेपालमा गैरकानूनी मानिएको क्रिप्टोकरेन्सिका कारोबारीहरु धमाधम समातिन थालेयता नेपालमा यस्तो खालका घटनाहरु बढ्न थालेका हुन्। यसरी ह्याकरले धेरै फ्लोअर भएका मानिसको सामाजिक सञ्जाल ह्याक गर्ने र त्यसमार्फत् क्रिप्टोकरेन्सिलाई प्रमोट (बढवा) गर्ने खालका सामाग्री शेयर गर्ने गतिविधि निक्कै मोलाएको छ। यसरी सेलिब्रेटी तथा प्रतिष्ठित व्याक्तिहरु समेत साइबर हमालामा पर्ने गरेका छन्।

ह्याकरको उद्देश्य अरु नभएर डिजिटल मुद्राको प्रचार गर्ने मात्रै रहेको जुन योजनावद्ध रुपमा भएको विज्ञहरुको भनाई छ।

क्रिप्टोकरेन्सि अर्थात् डिजिटल मुद्रा जुन विश्वका धेरै देशमा गैरकानूनी मानिन्छ। त्यसैले यसको विज्ञानपनको अनुमति सबै देशमा छैन। तर, लुकिछिपि यसको कारोबार भने भइरहेको पाइन्छ। त्यसैले पनि यसतर्फ मानिसलाई आर्कषित गर्ने केही गिरोह सक्रिय छ। जसले मानिसहरुको सामाजिक सञ्जाल ह्याक गरेर जबर्जस्त प्रचार गरिरहेको छ।

नेपालको तुलनामा क्रिप्टोरेन्सिको कारोबार नयाँ हो। नेपालमा पहिलो पटक २०१७ मा यसको कारोबारीको पहिचान भएको थियो। हाल पनि धेरै मानिसलाई यसको बारेमा थाहा छैन। त्यसैले अन्य मानिसलाई यसमा आकर्षित गर्न ह्याकरहरु योजनावद्ध तरिकाले लागेको बताइन्छ।

पछिल्ला केही दिनयता नेपालका धेरैजसो मानिसका सामाजिक सञ्जालहरुमा ह्याकिङको प्रयास हुने गरेको गुनासो प्रहरीमा पर्न थालेका छन्। नेपाल प्रहरीको साइबर व्यूरोले यस्ता खालका घटनाहरु बढिरहेको बताएको छ। यस आर्थिक वर्षमा साइबार व्यूरोमा ह्याकिङ सम्बन्धि ३१३ वटा उजुरी परेको छन्। त्यसमा यो हप्ता मात्रै दर्जनाै उजुरी परेका छन्।

ह्याकरले सामाजिक सञ्जाल ह्याक गर्नुका धेरै उद्देश्य हुन्छन्। जसमा अहिले गैरकानूनी सामाग्रीको प्रचारको लागि पनि ह्याक हुन थालेको साबर व्यूरोको भनाइ छ। साइबार व्यूरोले यसरी अन्य व्याक्तिको सामाजिक सञ्जाल ह्याक गरी दुरुपयोग गर्ने मानिसलाई कारबाही गरिरहेको छ।

प्रकाशित मिति: : 2022-02-09 14:20:00

प्रतिकृया दिनुहोस्