कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न राप्रपाको आग्रह

File photo
File photo

राष्ट्रिय प्रजातन्त्र पार्टीले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ। थापाले मंगलबार पार्टी परित्याग गर्ने घोषणा गरेपछि बसेको राप्रपा पदाधिकारीको बैठकले आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको हो।

‘राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रुपमा उदय र विकास भइरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रुपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनी गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौं’ प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मंसिरमा भएको महाधिवेशनमा पूर्वराजा शाह र निर्मल निवासले निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेर आफूलाई पराजित गरेको आरोप लगाउँदै थापाले पार्टीभित्र असन्तुष्टि जनाउँदै आएका छन्।

प्रकाशित मिति: : 2022-02-08 19:18:00

प्रतिकृया दिनुहोस्