मुगुका वडाध्यक्ष भामले बाँडे दलित विद्यार्थीलाई शैक्षिक सामग्री

छायानाथ रारा नगरपालिका-४ का वडा अध्यक्ष विष्णुकुमार भामले मंगलबार एक कार्यक्रमका बीच १ सय ८७ जना दलित विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन्।

आर्थिक अवस्था न्यून भएका दलित, गरिब, विपन्न परिवारको पहिचान गरी भामले छायानाथ रारा नगरपालिकाका-१३ का रुगा, लापु, थार्पका १ सय ८७ जना दलित विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका हुन्।

वडा अध्यक्ष भामले आफूले पाएको बैठक भत्ता र घर परिवारको बचत रकमबाट दलित परिवारका बालबालिकालाई सहयोग गरेको बताएका छन्। वडा अध्यक्ष भामले कापी, कलमलगायत सामग्री सहयोग गरेका थिए।

प्रकाशित मिति: : 2022-02-08 18:24:00

प्रतिकृया दिनुहोस्