राजनीतिक स्वार्थ पूरा गर्न कूटनीति दाउमा

नागरिक दैनिक

काठमाडाैँ

अमेरिकी सहयोग परियोजना (एमसिसी) नेपाल कम्प्याक्ट यथास्थितिमा अनुमोदन गर्न नहुने बताउँदै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमसिसी पारित गर्न लागि परेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी मुख्यालयलाई सम्झौता कार्यान्वयनको प्रतिबद्धतासहित म्याद थप्न आग्रह गरेर पठाएको पत्र हालै सार्वजनिक भएको छ।

पत्र सार्वजनिक भएसँगै दाहालको सचिवालयले स्पष्टीकरणसहित एमसिसी यथास्थितिमा अघि बढ्न नसक्ने अडान दोहोर्‍याएको छ। तर दाहाल र प्रधानमन्त्री देउवाले गत असोज १३ मा एमसिसीलाई लेखेको पत्रमा कहीं पनि यथास्थितिमा एमसिसी अनुमोदन गर्न नसकिने भन्ने उल्लेख छैन।

बरु ६ बुँदे प्रतिबद्धतामा एमसिसीको सहज अनुमोदनका लागि नेपालका तर्फबाट केके तयारी गर्ने भन्नेबारेमा उल्लेख गरिएको छ। पत्रमा नेपाल सरकार एमसिसी सहयोग लिन र यसलाई नेपालको आर्थिक विकासमा लगाउन तयार रहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति: : 2022-02-08 09:02:00

प्रतिकृया दिनुहोस्