इमरान खानले फेब्रुअरीमा रुसको भ्रमण गर्ने सम्भावना

बिएल संवाददाता

इस्लामाबाद
File photo
File photo

 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यस महिनामा रुसको भ्रमण गर्ने सम्भावना रहेको छ। सो भ्रमण भयो भने २३ वर्षपछि पाकिस्तानी प्रधानमन्त्रीको  रुसको भ्रमण हुने स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा रुसको यो भ्रमण हुन लागेको एआरवाई न्युजले जनाएको छ। यस भ्रमणका क्रममा इमरान खानसँग उहाँको मन्त्रिपरिषद्का मन्त्रीहरूको उच्चस्तरीय प्रतिनिधिमण्डल पनि संलग्न हुनेछ।

मार्च १९९९ मा, तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले रुसको भ्रमण गरेका थिए।गत महिना मस्को र इस्लामाबादले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको यस वर्षको भ्रमणको योजनालाई अन्तिम रूप दिन वार्ता गरिरहेको रिपोर्ट आएपछि यो कुरा  बाहिर आएको हो।इमरान खानले पुटिनलाई औपचारिक निमन्त्रणा गरिसक्नुभएको  एक्सप्रेस ट्रिब्युन अखबारले आफ्नो रिपोर्टमा उल्लेख गरेको  छ।पाकिस्तानी अखबारले पुटिनको भ्रमण विगत दुई वर्षदेखि छलफलमा रहेको तर कोभिड–१९ महामारीलगायत विभिन्न कारणले कार्यान्वयन हुन नसकेको बताएको छ।

 

प्रकाशित मिति: : 2022-02-07 17:44:00

प्रतिकृया दिनुहोस्