बिएल संवाददाता
मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा माघ १२ र १३ गते मृतावस्थामा फेला परेका दुई व्यक्ति र बिहीबार ललितपुरको गोदावरीमा नगरपालिका– १२ थेचोमा मृत भेटिएको एक व्यक्तिको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरू तीनै जनाको हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो।
सुनसरीको धरान उपमहानगरपालिका– ३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, सप्तरीको शम्भुनाथ नगरपालिका– ४ घर भई काठमाडौँमा बस्दै आएका ३२ वर्षीय शम्भु चौधरी र तेह्रथुम घर भई काठमाडौँ बस्ने मोहन लिम्बुको हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा जहदा गाउँपालिका– ४ सिसवनीका २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, सिरहा नगरपालिका– २१ स्थायी घर भई हाल काठमाडौँ बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल र धनपालथान गाउँपालिका– ७ कमलपुर पश्चिम टोलका ६२ वर्षीय नासिर आलम रहेका छन्।
अनुसन्धानका क्रममा श्रेष्ठको हत्याको दुई दिनपछि चाैधरीको हत्या भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया