अमेरिकी सेनाले घेराबन्दी गरेपछि आत्घाती बिस्फोट गराएर आफ्नै ज्यान लिए आईएस नेताले

Photo: Ali Haj Suleiman/Al Jazeera
Photo: Ali Haj Suleiman/Al Jazeera

अमेरिकी राष्ट्रपति जो बाइडेनले सिरियामा भएकाे आक्रमणमा बालबालिका र महिलाहरूलाई पनि मारिएपछि आईएसआईएलका नेतालाई मारिएकाे बताएका छन्।

आईएसआईएल नेता अबु इब्राहिम अल-हाशिमी अल-कुरैशी आक्रमणमा मारिएकाे अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले पत्रकारसँग बताए।

बिहीबारकाे छाेटाे भाषणमा बाइडेनले समेत अल-कुरैशीको मृत्युको पुष्टि गरेका छन्। उनले नागरिकको मृत्युको लागि आईएसआईएल नेतालाई दोष दिए। जसलाई उनले अमेरिकी सेनाहरू नजिक आउँदा हतासमा आफूलाई विस्फोट गराए।

‘उनले आफूले गरेको अपराधको लागि न्यायको सामना गर्नुको सट्टा तेस्रो तल्लामा विस्फोट गराउने छनौट गरे,’ बाइडनले भने। यस अपरेसनले अमेरिकाकाे विश्वभरिका आतंकवादी खतराहरू हटाउने पहुँच र क्षमता देखाएकाे उनकाे दाबी छ।

‘म अमेरिकी जनतालाई आतंकवादी खतराबाट जोगाउन कटिबद्ध छु, र म यो देशको रक्षा गर्न निर्णायक कदम चाल्नेछु,’ राष्ट्रपतिले थपे।

बाइडेनले यसअघि एक विज्ञप्तिमा उत्तरपश्चिम सिरियामा आक्रमण अमेरिकी जनता र अमेरिकी सहयोगीहरूको रक्षा गर्न र विश्वलाई सुरक्षित स्थान बनाउन गरिएको बताएका थिए।

‘हाम्रो सशस्त्र बलको कौशलता र बहादुरीलाई धन्यवाद, हामीले आईएसआईएलका नेता अबु इब्राहिम अल-हाशिमी अल-कुरैशीलाई युद्धको मैदानबाट हटाएका छौं,’ बाइडेनले भने।

यसैबीच, वरिष्ठ अमेरिकी अधिकारीले पनि अल-कुरैशीले बम विष्फोट गर्दा कम्तीमा केही सर्वसाधारणको मृत्यु भएको बताएका छन्।

‘अपरेसनको सुरुमा, आतंकवादी लक्ष्यले बम विष्फोट गर्‍याे, जसमा उनी र महिला र बालबालिकासहित उनको आफ्नै परिवारका सदस्यहरू मारिए,’ अधिकारीले भने।

पेन्टागनले आक्रमणमा कुनै अमेरिकी हताहत नभएको जनाएको छ।

आईएसआईएलले सन् २०१९ मा पूर्व नेता अबु बकर अल-बग्दादीको मृत्यु भएको पुष्टि गरेपछि अल-कुरैशीलाई आफ्नो प्रमुखको रूपमा नियुक्त गरेको थियो। जुन अमेरिकी विशेष बलहरूले मारेका थिए।

एजेन्सीकाे सहयाेगमा 

प्रकाशित मिति: : 2022-02-04 07:01:00

प्रतिकृया दिनुहोस्