थलिएको पर्यटन क्षेत्र उकास्ने सूत्र

प्रदेशहरूले ससाना मेला–महोत्सवलाई सघाउनुभन्दा प्रदेशस्तरीय ठूला ट्राभल मार्टहरूको आयोजनामा सहयोग र सहकार्य गर्नुपर्छ

नेपाल भ्रमण वर्ष १९९८ को सफल आयोजना र स्थानीय रूपमा भएका क्रियाकलापले स्थानीय वस्तुको व्यापार र नयाँ–नयाँ गन्तव्यको प्रचारप्रसारमा मद्दत पुर्‍यायो। एउटा कुनै गन्तव्यले महोत्सव गरेपछि अरूले त्यसको अनुसरण गर्दा देशभरि नै पर्यटन, कृषि र उद्योगका मेला, महोत्सव हुन थाले। नेपाल पर्यटन बोर्डले पनि यस्तो प्रचारप्रसारमा व्यापक सहयोग गर्ने नीति बनाई सन् २००० देखि लगातार सन् २०१९ सम्म देशका प्रमुख गन्तव्य भएका जिल्लामा हुने स्थानीय मेला महोत्सवलाई प्रवद्र्धनात्मक सहयोग गर्दा त्यसको परिणाम निकै सकारात्मक पनि देखियो।

मेला महोत्सवको यस यात्रामा नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, स्थानीय उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, नेपाल हस्तकला संघ, साना तथा घरेलु व्यवसायी संघ आदिले पनि महत्वपूर्ण योगदान दिँदै आएका छन्। उद्योग वाणिज्य संघको अगुवाइमा भएका चितवन महोत्सव, बुटवल महोत्सव, विराट् महोत्सव, सुदूरपश्चिम महोत्सव आदिको सुरुवाती दिनदेखि नै बोर्डले पनि सहयोग र सहकार्य गर्दै आएको छ। पर्यटन क्षेत्रमा विशेष महोत्सवका रूपमा पोखराको सडक खाना महोत्सव, चितवन, सौराहा तथा रत्ननगर महोत्सव, जोमसोम महोत्सव, मनाङ महोत्सव २००४, रारा महोत्सव २०५८–६०, बुटवल महोत्सव, विराट् महोत्सव, पाथीभरा महोत्सव, सुदूरपश्चिम पर्यटन तथा उद्योग महोत्सव आदि उल्लेख्य छन्।

प्रकाशित मिति: : 2022-02-01 14:16:00

प्रतिकृया दिनुहोस्