अमेरिकामा सर्वसाधारणका लागि नियमित रूपमा जारी गरिने एमआरपी पासपोर्ट बन्द गरिएको छ । वासिङ्टनस्थित नेपाली दूताबास र न्युयोर्कस्थित महावाणिज्यदूताबास दूबैले सार्वजनिक सूचनामार्फत् यस्तो जानकारी गराएका हुन् ।
दूताबासले जनाएअनुसार हाललाई जुन २०२२ सम्म बहाल अवधि रहेका र तत्काल राहदानी नबनाएमा बसाई अवैधानिक हुने वा रोजगारी गुम्ने जस्ता अत्यावश्यक अवस्थाका राहदानीवाहकको मात्र पासपोर्ट नवीकरण गरिने छ । सामान्य अवस्थाका एकआरपी राहदानीबाहकको राहदानी नवीकरण हुने छैन ।
अमेरिकास्थित नेपाली नियोगहरूले अत्यावश्यक अवस्थामा बाहेक नेपाली एमआरपी पासपोर्ट बितरण बन्द गरेका छन् । वासिङ्टनस्थित नेपाली दूताबास र न्युयोर्कस्थित महावाणिज्य दूताबास दूबैले सार्वजनिक सूचनामार्फत् यस्तो जानकारी गराएका हुन् ।
विहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै दूताबासले ‘नेपालमा विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी भैसकेकोले नेपाली दूतावास वाशिङ्गटनबाट पनि निकट भविष्यमै ई-पासपोर्ट जारी गर्ने तयारीका लागि एमआरपी जारी गर्कान बन्द गरिएको जनाएको छ ।
दूतावासले ई-पासपोर्ट बितरणको सम्पूर्ण तयारी पूरा गरेपछि आवेदनका लागि अर्को सूचना जारी गर्ने जनाएको छ ।