नेपालको जनसंख्या २ करोड ९१ लाख, पुरूषभन्दा महिला बढी 

File Photo
File Photo

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।

केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार नेपालको पछिल्लो जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको हो।

जसमध्ये महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ।

जुन ११औं राष्ट्रिय जनगणना २०६८ को तुलनामा २७ लाख ९७ हजार ९७६ ले वृद्धि भएको हो।

राष्ट्रिय जनगणना २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो। 

प्रकाशित मिति: : 2022-01-26 10:53:00

प्रतिकृया दिनुहोस्