बुधबार, १७ डिसेम्बर २०२५

राष्ट्रिय परिचय-पत्र बनाउन सेवाग्राहीलाई सास्ती: टोकनकै लागि रातभर लाइनमा

उकेरा

उकेरा

काठमाडौँ
File Photo
• • •

हिजो-आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा राष्ट्रिय परिचयपत्र बनाउनेको लामो लाइन लाग्छ। राहदानीको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि त झनै सेवाग्राहीको चाप थपिएको छ।

सेवा लिनका लागि लाइन बस्नु त छँदैछ, सेवा प्रवेश गर्ने टोकन लिनकै लागि माघको चिसोमा रातभर लाइनमा बस्न बाध्य छन् सेवाग्राही।

काठमाडौं, थलीका आशीष सिम्खडा राष्ट्रिय परिचयपत्र बनाउन लाइन बसेका छन्। वैदेशिक रोजगारीका लागि राहदानी बनाउने प्रयोजनको लागि राष्ट्रिय परिचयपत्र बनाउन उनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लाइन बसेका हुन्।

'हिजो राति ८ बजेदेखि टोकनका लागि १२ घण्टा लाइनमा बसें। बल्ल आज बिहान ८ बजे टोकन पाएँ,’  उनले भने।

चिसोमा छानोको व्यवस्था समेत नभएको, लाइनमा नबस्दा टोकन नपाइने र लाइनमा बस्दा स्मार्ट लकडाउनको उल्लंघन गरेको भन्दै प्रहरी प्रशासनले दु:ख दिने गरेको सेवाग्राहीको गुनासो छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!