राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री देउवाकाे तयारी 

File Photo
File Photo

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। सरकार गठनको ६ महिना पुगेको अवसरमा उनले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेका हुन्।

गत असार २९ मा प्रधानमन्त्री भएका देउवाले कोरोनाभाइरस संक्रमणको तेस्रो लहर सुरु भएकाे अवस्थामा राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्।

सम्बोधनको दिन र समय निर्धारण भइसकेको छैन। ‘प्रधानमन्त्रीज्यूले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ’, प्रधानमन्त्रीको सचिवालयका सहयोगी विजयी अधिकारीले बताए।

उनका अनुसार राष्ट्रको नाममा सम्बोधन गर्ने मिति र समय निर्धारण भइसकेको छैन। 

प्रकाशित मिति: : 2022-01-17 12:19:00

प्रतिकृया दिनुहोस्