च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना, पुलिसविरुद्धको खेल स्थगित

File Photo
File Photo

नेपाल पुलिस क्लबविरुद्ध आज खेल्दै गरेको च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना देखिएपछि अपरान्ह पौने ५ बजे तय खेल स्थगित भएको छ। 

यसअघि प्रि–म्याचमा च्यासलका सहायक प्रशिक्षक आशीष राना मगरले डिफेन्डर कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोरोना देखिएको बताएका थिए। त्यसपछि गरिएको अन्य खेलाडीको रिपोर्टसमेत पोजिटिभ आएपछि खेल स्थगित गरिएको हो।

पुलिस आठ खेलमा सात अंक जोडेर ११औं र च्यासल आठ खेलमा पाँच अंक जोडेर १३औं  स्थानमा छ। ए डिभिजन लिग कोरोनाको कारण स्थगित भएको पहिलोपटक हो। स्थगित खेल कहिले हुने त्यो भने बताइएको छैन।

प्रकाशित मिति: : 2022-01-16 15:11:00

प्रतिकृया दिनुहोस्