परिषद्का सदस्य सचिव घिसिङ र विश्व ट्रायथलन महासंघकी अध्यक्ष कासाडोबीच भेटवार्ता

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन महासंघकी अध्यक्ष एवम् अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य मारिसोल कासाडोबीच भेटवार्ता भएको छ। बिहीबार भएको भेटवार्तामा नेपाल र विश्वमा ट्रायथलनको अवस्थाबारे छलफल भएको छ।

भेटका अवसरमा सदस्य सचिव टंकलाल घिसिङले नेपालमा ट्रायथलन खेलको विकासका लागि विश्व ट्रायथलन महासंघबाट सहयोगका लागि आग्रह गरेका छन्।

पर्यटकीय राजधानी पोखरामा वैशाख १५ गतेदेखि ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’को अवसरमा कासाडो नेपाल आएकी हुन्।

प्रकाशित मिति: : 2024-04-25 17:59:00

प्रतिकृया दिनुहोस्