राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन उच्चस्तरीय संयन्त्रको अपिल

सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन प्रदेशस्तरमा संयन्त्र गठन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकलेसातवटै प्रदेशमा संयन्त्र गठन गर्ने निर्णय गरेको हो।

बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

राष्ट्रियसभा निर्वाचन आगामी माघ १२ गते हुँदैछ। त्यसका लागि सात वटै प्रदेशमा सत्ता गठबन्धनले समन्वय समिति गठन गरेको छ।

प्रकाशित मिति: : 2022-01-06 13:10:00

प्रतिकृया दिनुहोस्