बिएल संवाददाता
भारतमा कोभिड संक्रमण झनै तीव्र फैलिएको छ। पछिल्लो २४ घन्टामा ९० हजार ९२८ जनामा संक्रमण देखिएको छ। बुधबार ५८ हजारमा संक्रमण देखिएको थियो। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै भारतमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको छ।
भारतमा अहिलेसम्म २६३० जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ। तीमध्ये सबैभन्दा बढी महाराष्ट्रमा देखिएका छन्। भारतका २६ राज्यहरुमा ओमिक्रोन फैलिएको छ। ओमिक्रोनका कारण राजस्थानमा एक ७३ वर्षीय बृद्धको मृत्यु भएको छ। उनले पूर्ण खोप लगाएका थिए।
विज्ञहरुका अनुसार भारतमा दैनिक संक्रमण दर ६ दशमलव ४३ प्रतिशत छ। त्यस्तै, निको हुने दर पनि बढ्दो छ। पछिल्लो २४ घन्टामा १९ हजार २०६ जना संक्रमणमुक्त भएका छन्।
मुम्बईमा दैनिक संक्रमितको संख्या अहिलेसम्मकै धेरै देखिएको छ। मुम्बईमा बुधबार १५ हजारमा संक्रमण देखिएको हो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया