सरकारको ढुकुटीमा ८ अर्ब मात्रै, वित्तीय व्यवस्थापनमा गम्भीर समस्या

क्यापिटल

काठमाडाैँ

सरकारको संघीय सञ्चिति कोषमा ८ अर्ब रुपैयाँ मात्रै नगद मौज्दात रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकबाट खुलेको छ । 

गत सातासम्म खर्च तथा आम्दानीका आधारमा तयार पारिएको विवरणमा सरकारसँग ८ अर्ब रुपैयाँ मात्रै ढुकुटी (ट्रेजरी) मा पैसा रहेको कार्यालय स्रोतले बताएको छ । 

संघीय सञ्चिति कोषमा पर्याप्त रकम नभएपछि अर्थ मन्त्रालय स्रोत सुनिश्चितताको दबाबमा परेको छ । विभिन्न विषयगत मन्त्रालयले बजेटको माग गरे पनि थप राजस्व तथा आन्तरिक ऋण नउठाई तत्काल बजेट निकासा गर्ने अवस्थामा अर्थ मन्त्रालय छैन । पुस मसान्तसम्ममा राजस्व संकलनको अवस्था हेरी स्रोत व्यवस्थापनको तयारीमा अर्थ रहेको छ । राजस्वबाट स्रोत व्यवस्थापन हुन नसकेमा माघ लागेपछि आन्तरिक ऋण उठाउने तयारीमा समेत मन्त्रालय  छ ।

गत असोजमा तरलता अवस्था सहज हुँदा अर्थले आन्तरिक ऋण उठाउन चासो नदिएकै कारण पनि ट्रेजरीमा रकम अभाव देखिएको मन्त्रालय स्रोतले बतायो । 

प्रकाशित मिति: : 2022-01-04 17:57:00

प्रतिकृया दिनुहोस्