हत्याकाे प्रयासबाट जाेगिए हेइटीका प्रधानमन्त्री, प्रथम महिला घाइते

बिएल संवाददाता

पोर्ट–अउ– प्रिन्स
Getty Images
Getty Images

हेइटीका प्रधानमन्त्री एरिअल आङ्ग्री हत्याको प्रयासबाट जोगिएका छन्।

उत्तरी सहर गोनायभको एउटा गिर्जाघरमा आयोजित कार्यक्रममा सहभागी जाने क्रममा उनको हत्या प्रयास भएको जनाइएको छ।

प्रधानमन्त्री र उनको टोलीमाथि बाटोमा नै गोली प्रहार भएको थियो। गोली प्रहारबीच उनको गाडी तीव्र गतिमा हुइकिएको थियो। आक्रमणमा प्रथम महिला घाइते भएकी छिन्।

सुरक्षाकर्मी र बन्दुकधारीहरूबीच भएको गोली हानाहानका क्रममा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन्। आक्रमणकारीहरु गिर्जाघरको पर्खालमा लुकेको जनाइएको छ। 

६ महिनाअघि तत्कालीन राष्ट्रपति जोभनेल मोइजको निवासमै हत्या भएको थियो। हत्यापछि देशको सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै सरकारको आलोचना भएको थियो।

राष्ट्रपतिको हत्यामा प्रधानमन्त्रीकै संलग्नता रहेको हुन सक्ने विपक्षीहरूले आरोप लगाउँदै आएका थिए। पछिल्लो आक्रमण आङ्ग्रीले नेतृत्व गरेको कमजोर प्रशासनका लागि अर्को प्रहार हो। उनी मोइजको हत्या भएको दुई साता पछि देशका कार्यवाहक प्रमुख बनेका थिए।

प्रकाशित मिति: : 2022-01-04 08:42:00

प्रतिकृया दिनुहोस्