थाहा खबर
जिल्लाको विकासका लागि महत्त्वपूर्ण मानिएको बेनी–दरबाङ सडक आयोजनाका ठेकेदार भागेपछि सडकको काम अलपत्र परेको छ।सडकको स्तरोन्नति र कालोपत्रका लागि ठेक्का सम्झौता भएर सम्पन्न हुनुपर्ने समयमा ठेकेदार कम्पनीको लापर्बाहीले पश्चिम म्याग्दीका बासिन्दा कच्ची सडकको सकसपूर्ण यात्रा गर्न बाध्य छन्।
मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको ६.८ किमी सडक निर्माणको जिम्मा लिएको बिरुवा–क्याराभान जेभीका एकजना मजदुर पनि भेटिँदैनन्।
आवश्यक निर्माण सामग्री र कोभिडले कामदारको अभावले समस्या उत्पन्न भएको बहाना बनाउँदै सम्पर्कविहीन भएका ठेकेदारका कारण घरआँगनमै फराकिलो र सफा सडक देख्ने चाहना पूरा नभएको तोलाबाङका कुलबहादुर गुरुङले बताए।
‘धुलोसँगै ठूला खाल्डाखुल्डी पोखरी बनेको छ, सडकको नाममा ठेकेदारले मनपरी गरेका छन्’, गुरुङले भने। उनले काम नगर्ने ठेकेदारलाई जिल्लामै पुगेर कारबाही गर्न माग गरे पनि सुनुवाइ नभएको गुनासो गरे। सडक विस्तार नहुँदा सामान्य पानी पर्दा हिलाम्मे तथा घाम लाग्दा धुलाम्मे हुने गरेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया