के ‘दलित’ दरिद्रताको पर्याय हो ?

दलित पत्रिकाको पाँचौँ पृष्ठको सानो समाचारमा अट्ने कुनै अर्कै ग्रहबाट अवतरण गरेका मानिस होइनन्

File Phot
File Phot

जब कुनै ठाउँमा ‘दलित’ शब्द बोलिन्छ वा लेखिन्छ, तब एक विशेष छवि हाम्रो मानसपटलमा ठोक्किन पुग्छ। अर्थात् गाउँ–देहाततिर बस्ने, कुपोषित, अर्धनग्न व्यक्ति र यो छवि विशेषतः सामाजिक सञ्जालमा बढी देख्न सकिन्छ।

तर, तपाईंलाई कसैले दलित वास्तवमा सहरी जस्तै स्मार्ट र आकर्षक देखिन्छन् भन्दिए भने के भन्नुहुन्छ ? अधिकांश भारतीयले यो भनाइ नै स्विकार्दैनन्। केही माथिल्ला जातका मानिस क्रुद्ध पनि हुन्छन् र ‘यदि उनीहरू सुकिलामुकिला लुगा लगाउँछन् र पार्टी गर्छन् भने यो सब उत्पीडनको बकवास केका लागि ?’ भनेर माथिको भनाइको अवज्ञा गर्नसमेत पछि पर्दैनन्। वास्तवमा यही सोच समस्या हो।

दलित पत्रिकाको पाँचौँ पृष्ठको सानो समाचारमा अट्ने कुनै अर्कै ग्रहबाट अवतरण गरेका मानिस होइनन्। न त दलित कुनै सुदूर गाउँको कुनामा बस्ने मानिस मात्र हुन्। जहाँ वेलावेलामा नेताहरू आफ्नै खाना र पानी बोकेर ‘फोटाका निम्ति सहभोज’को प्रहसन गर्छन्। दलित तपाईंकै वरिपरि छन्, अर्थात् कुनै कलेजको फेसन प्रतियोगितामा भाग लिइरहेका छन् वा म्याकडोनाल्डमा बर्गरको मजा लिइरहेका छन् वा कुनै पबमा ह्विस्कीको चुस्की लिइरहेका छन्।    

प्रकाशित मिति: : 2021-12-20 12:28:00

प्रतिकृया दिनुहोस्