बिएल संवाददाता
अमेरिकामा कोभिडबाट आठ लाखभन्दा बढीको मृत्यु भएको छ। यो संख्या अमेरिकी सहर बोस्टन र वासिंटनको जनसंख्या भन्दाबढी हो।
अहिलेसम्म पाँच करोड अमेरिकीलाई कोभिड संक्रमित भएका छन्। मृत्यु हुनेमध्ये अधिकांश व्यक्ति खोप नलगाएका र बृद्धबृद्धा छन्। कोभिडबाट गत वर्षभन्दा यो बर्ष धेरै अमेरिकीको मृत्यु भएको छ।
खोपको पहुँचको बाबजुद पनि अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ। पछिल्लो ११ सातामा १ लाख जनाको मृत्यु भएको छ। यो दर यसअघिको तुलनामा निकै धेरै हो।
आजभन्दा ६५० दिनअघि सियाटलमा कोभिडबाट पहिलो अमेरिकीको मृत्यु भएको थियो। गत वर्ष फाइजर खोपलाई स्वीकृति दिएपछि पनि अमेरिकामा कोभिडकै कारण ३ लाख जनाको मृत्यु भइसकेको छ।
अप्रिलमा अमेरिकाले मोडेर्ना र जोनसन एन्ड जोनसनलाई पनि स्वीकृत गरेको थियो। यी तीनै खोप अहिले सबै उमेर समूहका व्यक्लिाई सर्वसुलभ छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया