बिएल संवाददाता
अर्घाखाँचीको मालारानी गाउँपालिकाले प्रमुख प्रशासकीय भवनको निर्माण निर्माण गरेको छ।
करिब ३ करोड २८ लाखमा निर्माण सम्पन्न भएको भवनको अर्घाखाँची जिल्लाका प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री चेतनारायण आचार्यले आज उद्घाटन गरेका हुन्।
भवनको उद्घाटन गर्दै आचार्यले मालारानी गाउँपालिकाले विकास निर्माणको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै जनताले अनुभूति गर्नेगरी थप जनपक्षीय काम गर्न आग्रह गरे।
सिंहदरबारको अधिकार गाउँगाउँमा आएको जनताले महसुस गर्नेगरी काम गर्नुपर्ने बताउँदै आचार्यले आगामी दिनमा प्रदेश सरकारबाट खानेपानी, सडक, कृषि लगायतका विभिन्न विकास निर्माणका लागि बजेट भित्राउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।
खनदह बजार नजिकै निर्माण भएको प्रशासकीय भवन ३ करोड २८ लाख, २ हजार ९ सय ५७ रुपैयाँमा सम्पन्न भएको गाउँपालिकाका प्राविधिक प्रमुख हरिशचन्द्र पाण्डेले जानकारी दिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया