बिएल संवाददाता
अमेरिकाको केन्टकी प्रान्तमा आएको भीषण आँधीमा अहिलेसम्म ५० भन्दा धेरैको ज्यान गएको आशंका व्यक्त गरिएको छ।
राज्यका गभर्नर एन्डी बेशियरले केन्टकीको इतिहासमा यो सबैभन्दा भीषण आँधी भएको बताएको बीबीसीले उल्लेख गरेको छ। उनका अनुसार मर्नेको संख्या १ सय सम्म पुग्न सक्छ।
अमेरिकाको कयौं प्रान्तमा लगातार आँधी आइरहेको छ र कयौं कर्मचारी अमेजनको वेयरहाउसमा फसेका छन्।
न्यूयोर्क टाइम्सका अनुसार आँधी आएको समयमा करिब १ सय मानिस मेफिल्डको मैनवत्ती बनाउने उद्योगमा उपस्थित थिए। बेशियरका अनुसार त्यसमध्ये १२ जनाको मृत्यु भएको छ।
प्रशासनिक अधिकारीहरुका अनुसार शुक्रवार राति आएको आँधीले दक्षिणी इलिनइसस्थित एक अमेजन वेयरहाउस तहस-नहस गरिदिएको छ।
अहिले सम्म छत खस्दा कति जनालाई चोट लाग्यो भन्ने थाहा हुन नसकेको स्थानीय आपातकालीन सेवा दिने संस्थाले जनाएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया