रहिम युवा समाज नेपालले जनकपुरका पत्रकार गणेश रायलाई आर्थिक सहयोग गरेको छ।
पत्रकार रायको श्रीमतीको पाठेघरमा रहेकोले स्वास्थ्य उपचारको लागि रहिम युवा समाज नेपालका अध्यक्ष इद मोहम्मद साफी (जानी खान)ले मंगलबार आर्थिक सहयोग गरेका छन्।
नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य हदीस खुद्दारको पहलमा रहिम युवा समाज नेपालले पत्रका रायलाई नगद १२ हजार आर्थिक सहयोग गरेको हो।
वैदेशिक रोजगार क्रममा कतारमा रहेका धनुषा जिल्लाका मुस्लिम समुदायका युवाहरूले गठन गरेको रहिम युवा समाजले गरिब, विपन्न,असहाय, तथा समस्यामा परेका हरेक वर्ग समुदायका व्यक्तिहरूलाई समय समयमा आर्थिक सहयोग गर्दै आएको छ।