‘क्यानभासमा सत्यमोहन बा’  

शनि शाक्य

जाकार्ता

योङ पिपासा संस्थाले पाँच दिने ‘क्यानभासमा सत्यमोहन बा’ चित्रकला प्रदर्शनी सुरु गरेको छ।

सत्यमोहन जोशीको आवासमा स्थापित लोक साहित्य परिषद भवन परिसरमा उक्त प्रदर्शनी सुरु भएको हो। योङ पिकासोले सत्यमोहनका ४० वटा मुहारका चित्र प्रदर्शनमा राखेको थियो।

कार्यक्रममा उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषाल, कृष्णलाल महर्जन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, पाटन संग्राहलयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे लगायत अन्यको सहभागिता थियो।

निजी सम्पत्तिसमेत राष्ट्रिय महत्वको संग्रहालयमा परिणत गर्ने चाहना जस्तो महान कार्यमा समर्पित आदरणीय शताब्दी पुरुषको सपनामा साथ दिन व्यक्तिगत रुपमा पनि आफ्नो एक महिनाको तलब पारिश्रमिक लोक साहित्य भवनको लागि समर्पित गर्ने मन्त्री भुषालले बताइन्। 

‘आदर्श ब्यक्तित्व शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन ‘बा’ले संकलित र संरक्षित गर्नुभएका पौराणिक मुद्रालगायतका ऐतिहासिक महत्वका वस्तुहरुलाई आजका वक्ताहरुको सुझावहरु र उहाँकै इच्छा अनूरूप संग्रहालयको रूप दिन सरकारको आगामी मन्त्री परिषदको बैठकमा बिषय उत्थानसँगै सरकारको तर्फबाट सक्दो पहलकदमीका लागिपर्नेछु’ उनले भनिन्।

पाटन संग्रहालय परिसरमा आयोजित सत्यमोहनका चित्रसहित ११ देखि ७० वर्ष सम्मका चित्रकारहरुले कोरेका चार सयमध्ये छानिएका ४० उत्कृष्ट चित्रकलालाई पाँच दिने प्रदर्शनीका रूपमा आयोजना गर्न पाउँदा गर्व र आत्मियता वृद्धि भएको योङ पिकासोका आयोजक अजय देसारले बताए।

आफ्नै फोटो हेरेर दङ्ग परेका जोशीले चित्रकारहरुलाई धन्यवाद दिदैँ सो   प्रदर्शनी आफ्नो जीवनको पहिला अनुभूति भएको बताए।

‘आफ्ना जीवन रहँदै कोरिएका आफ्नै चित्रहरू प्रदर्शन गरिनु सबैभन्दा सफल दिन रहेको छ, यसको लागि योङ पिकासोका निर्देशक अजय देशारलाई धन्यवाद दिन चाहन्छु। यसले मेरो खुसीको सीमा नाघेको छ।  म मात्र होइन यस्ता जीवित विषयलाई योङ पिकासो जस्तै अन्यसंस्थाले पनि गाउँगाउँमा पुगरे सिर्जनशील प्रतिभाको खोजी गर्दै उनीहरुको कलाकारिताको राष्ट्रियकरण गर्न जरुरी छ।’

बि एम आचार्यले संचालन गरेको उक्त प्रदर्शनीमा ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशीले सत्य मोहन ‘बा’को इतिहास चीरकालसम्म रहने गरी राज्यको औपचारिक शिक्षा प्रणालीमा उनको योगदानका विषयवस्तु समावेश  गर्नुपर्ने बताए। 

 


 

प्रकाशित मिति: : 2021-12-07 12:31:00

प्रतिकृया दिनुहोस्