पैसा छाप्ने बैंक लुट्ने योजना जो बन्दैछ विश्वचर्चित

सेतोपाटी

काठमाडौँ

बैंक लुटेराहरूको कथामा बनेको 'लुट' नेपालमा सुपरहिट भएको थियो। निश्चल बस्नेतको यो फिल्ममा सौगात मल्ल उर्फ 'हाकू काले' बैंक लुट्ने योजना बनाउँछन्। सौगातको स्वरमा गुञ्जिने 'काठमाडौं सहर हेर्दा लाग्छ रहर, साला गिद्दै गिद्दको सहर', 'बल होइन पासा दिमाग लगा दिमाग' र 'मसँग बैंक लुट्ने मास्तरप्लान छ' जस्ता डाइलग आज पनि धेरैले सम्झेका छन्।

नेटफ्लिक्सको सुपरहिट वेब-सिरिज 'मनी हाइस्ट' हेर्दा लुटको सम्झना ताजा भएर आउँछ।

लुटमा जस्तै मनी हाइस्टमा पनि मुख्य पात्रले बैंक डकैतीको योजना बनाउँछ, योजना फत्ते गर्न काबिल मान्छेहरू खोज्छ र डकैती गर्नुअघि बैंकमा कसरी घुस्ने, त्यहाँका कर्मचारी र ग्राहकलाई कसरी बन्दी बनाउने र कसरी भाग्नेसम्मको विस्तृत मास्टरप्लान बनाउँछ।

प्रकाशित मिति: : 2021-12-03 11:37:00

प्रतिकृया दिनुहोस्