एक दशकभन्दा बढी सँगै जेल बसेका सहयात्रीलाई पनि सम्झेनन् ओलीले

File Photo
File Photo

एमालेको दशौँ महाधिवेशन सर्वसम्मत नेतृत्व बनाउने ‘म्यान्डेट’ पाएका केपी ओलीले नयाँ नेतृत्व छनोटमा स्वेच्छाचारी शैली अपनाएका छन्। निर्विरोध नेतृत्व छनोट गर्ने कसरतमा ओलीको स्वेच्छाचारिताको निसानाको सूची लामै छ, महाधिवेशन समापनसँगै असन्तुष्टि पनि छरपस्ट छ। तर, त्यसको पहिलो सिकार उनकै गृहजिल्ला झापाका जेल सहयात्री नरेश खरेल बनेका छन्।

छैटौँ महाधिवेशनदेखि लगातार केन्द्रीय कमिटीमा रहेका खरेल तीन सय एकसदस्यीय केन्द्रीय कमिटी घोषणाको सूचीमा परेनन्। ओली र खरेलले ०२९ मा झापा जिल्ला कमिटीबाट सँगै राजनीतिक यात्रा सुरु गरेका थिए।

ओलीले १४ वर्ष र खरेलले १७ वर्ष जेलजीवन बिताए। सूचीमा नपरे पनि मनोनयन दर्ता गरेका खरेलले हरेस खाएर मतदान सुरु हुनु केही घन्टाअघि मध्यरातमा केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता लिए। ओलीनिकट नेताहरूले अधिकांश प्रतिनिधिलाई हराउने सूचीमा खरेलको पनि नाम राखेर बाँडे।

प्रकाशित मिति: : 2021-12-02 10:55:00

प्रतिकृया दिनुहोस्