करिडोरमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु

बागलुङको बलेवामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। 

बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध१च ३६० नंको ट्याक्टर कालीगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छैन। 

दुवै जना पुरुष भएको स्थानीयवासी भरत पौडेलले जानकारी दिए। दुर्घटनामा घाइते भएका १२ वर्षीय सुदीप केसीलाई उपचारका लागि पर्वत सदरमुकाम कुश्माको अस्पताल लैजाने तयारी भइरहेको छ। 

घटनास्थलमा प्रहरी पुगेको छ। ट्याक्टर चालक भने फरार छन्। कैयादेखि करिडोरमा उक्लिने क्रममा ट्याक्टर भिरबाट झन्डै २०० मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शीले बताए। 

प्रकाशित मिति: : 2021-11-29 20:04:00

प्रतिकृया दिनुहोस्