एमाले महाधिवेशन : पुराना पुस्ताले विश्राम लिने र नयाँ पुस्तालाई मौका दिने देखिँदैन

यसपालि एमाले महाधिवेशनमा राजनीतिक विचारको कुनै छलफल हुने अवस्था देखिँदैन। महाधिवेशन भनेको पार्टीको विचार निर्माण र नेतृत्व चयनका लागि फलफल गर्ने ठाउँ हो। तर, विचारको कुनै बहस भएको देखिँदैन।

यसअघि महाधिवेशनमा पुराना पुस्ताले विश्राम लिने र नयाँ पुस्तालाई मौका दिने कुरा भएको थियो। जुन पूरा भएको पाइँदैन। खासमा यही महाधिवेशनमा युवा पुस्तालाई जिम्मेवारी सुम्पिनुपर्ने हो।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा पनि गरेका थिए– ‘म यसपटक मात्र प्रधानमन्त्री हुन्छु, अर्को पटकदेखि हुनेछैन।’ तर, महाधिवेशनसम्म आइपुग्दा उनले आफ्नो रबैया बदलेका छन्। फेरि अध्यक्ष हुने र सकेसम्म सर्वसम्मत अध्यक्ष हुने उनको कोसिस देखिन्छ। त्यसकारण यो महाधिवेशनमा पनि युवापुस्ता एमालेको अगुवा हुने सम्भावना कम छ।

अहिले एमालेमा माओवादी केन्द्रको एउटा हिस्सा मिसिन गएको छ। यसअघि छलफल नहुँदा पार्टी (नेकपा) फुट्ने परिस्थिति बन्यो। त्यो परिस्थितिमा आफ्नो मतसहितको समूह पनि एमालेमा छ। यी सबैलाई यो महाधिवेशनमा सम्मानजनक ठाउँ दिइन्छ वा दिइँदैन भन्ने प्रश्न उठेको छ। माओवादीबाट मिसिन गएकाका लागि सम्मानजनक ठाउँ छ। तर, पहिलेको माधव नेपाल समूहबाट मिसिन गएकालाई के गर्ने भन्ने प्रश्न छ।

प्रकाशित मिति: : 2021-11-24 20:39:00

प्रतिकृया दिनुहोस्