कस्तो छ ‘पोस्ट कोभिड’ समस्या ? जाडोमा कोरोना संक्रमण बढ्छ ?

बाह्रखरी

काठमाडाैँ

पाटन मानसिक अस्पतालको ओपीडीमा परीक्षणका लागि आउनेमा अधिकांश कोभिड संक्रमणपछि विभिन्न समस्या देखिएकाहरुको बाहुल्यता छ । विज्ञहरूका अनुसार गम्भीर संक्रमण भएका तथा परिवारका सदस्य गुमाएकाहरूमा पोस्ट कोभिडको समस्या धेरै देखिने गरेको छ ।

यसबाहेक कोभिड–१९ संक्रमणको जोखिमबाट बच्न अपनाइएका उपायहरूले नै धेरैमा पोस्ट कोभिड समस्याहरू निम्त्याएको मनोविदहरू बताउँछन् । मनोविद तृष्णा बिष्ट संक्रमणको दुईवटा लहरपछि मानिसहरूमा कुनै पनि काम अनिवार्य रूपमा गर्नै पर्ने, एउटै क्रियाकलाप दोहो¥याइरहने, निन्द्रा नलागनेजस्ता समस्या लिएर आउने गरेको बताउँछिन् । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले कोभिड संक्रमितको  संख्या  घटेको छ । अहिले १५ जनाको हाराहारीमा बिरामी उपचाररत रहे पनि पोस्ट कोभिडको समस्याका कारण केही बिरामी भर्ना भएका छन् । अस्पतालका निर्देशक डा. अनुप बास्तोला कोरोना संक्रमण भएर निको भएकाहरू श्वासप्रश्वास र निन्द्रा नलाग्ने समस्या लिएर आउने गरेको बताउँछन् । “यो संख्या धेरै त छैन । तर, फाट्टफुट्ट भने यस्ता बिरामी आइरहेकै छन्,” उनले भने ।

प्रकाशित मिति: : 2021-11-24 08:42:00

प्रतिकृया दिनुहोस्