नेपालको पानी पैसाको खानी

थाहा खबर

काठमाडौँ

बढ्दो जनसंख्याको कारण विश्वभरमा पानीको अभाव हुने तर नेपालमा समग्रमा त्यो अवस्था नआउने आंकलनका बीच  जलसम्पन्नता नेपालको परिकल्पना हो। तर, त्यसका लागि व्यापक रणनीति र जलव्यवशायीताका बारेमा अनुसन्धान हुन आवश्यक छ।

आउँदा केही वर्षमा विश्वको आधा जनसंख्या पानीको समस्याभित्र बाँचिरहेको हुनेछ त्यतिबेला हाम्रा वंशजहरू यो समस्याबाट मुक्त हुनेछन् यदि हाम्रा नदीनालाहरूको राष्ट्रिय स्वामित्वमा छेडखानी गरिएन भने   पानीको अघिकतम सदुपयोगमा नविनतम रणनीति आजको आवश्यकता हो। 

सयौँ घनमिटर पानीलाई आवश्यक ठाउँमा कुनै तरिकाले पुर्‍याउन सक्ने हो भने नेपाल विश्वकै धनीमध्ये राष्ट्र बन्नेछ। यो काल्पनिक अभिलाषा होइन किनकि पृथ्वीमा जे जति पानी छ त्यसको १ प्रतिशत मात्र मानव प्रयोजनका लागि उपयोगी छ; यद्यपि डब्लु डब्लु एफले ३ प्रतिशत शुद्ध पानी रहेको बताए तापनि २ प्रतिशत अन्टार्कटिकालगायत दुई ध्रुवको हिउँलाई समेत जोडिएकोले आँकडा फरक पर्न गएको हो ।

प्रकाशित मिति: : 2021-11-21 12:28:00

प्रतिकृया दिनुहोस्