पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा बस दुर्घटना हुँदा घाइते भएका २९ जना यात्रुको पहिचान खुलेको छ।
सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका-३ नारायणपुरमा गएराति १ः४५ बजे दुर्घटना भएको थियो।
वडा प्रहरी कार्यालय लमहीका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनेहरुमा काठमाडौं बस्ने २७ वर्षीय आयुषकुमार लामा, सुर्खेतको लेखबेसी नगरपालिका ६ का ३२ वर्षीया लक्ष्मी शर्मा, कालिकोटको तिलागुफा नगरपालिका ९ का २१ वर्षीय बमबहादुर शाही र मुगुको सरु गाँउपालिका १० का २८ वर्षीय धर्मराज जैसी रहेका छन्।
यस्तै हुम्लाको चंखेली गाउँपालिका ६ का १७ वर्षीया गौमति बुढा, सुर्खेतको भेरीगंगा नगरपालिका १३ का ४६ वर्षीय लालबहादुर वली र सोही ठाउँ निवासी प्रहरी जवान विश्व परियारलाई पनि गम्भीर चोट लागेको छ। उनीहरुको अहिले बाँकेको कोहोपुर स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
यस्तै सामान्य घाइते हुनेहरुमा सुर्खेतको भेरीगंगा नगरपालिका १३ का २८ वर्षीया अस्मिता थापा, हुम्ला चंखेली ६ का १७ वर्षीया गिता राना, सुर्खेत बिरेन्द्रनगर ६ का ६१ वर्षीय प्रेमबहादुर वली, सोही ठाउँ निवासी ५७ वर्षीय तिर्थकुमार वली, भेरीगंगा १३ का ३५ वर्षिय शकर राना छन्।
कालिकोट तिलागुफा नगरपालिका १ का ४० वर्षीय सरोज शाही, अछामको ढकारा गाउँपालिकापालिका १ का १६ वर्षीय सागर साउद, सोही ठाउँ निवासी १५ वर्षीय झलकमान थापा, सुर्खेतको भेरीगगा नगरपालिका १३ का ५० वर्षीय कबि राना, सोही ठाउँ निवासी २९ वर्षीय खगेन्द्र शाहि र २२ वर्षीय सुरेन्द्र राना सामान्य घाइते भएका छन्।
अन्य घाइते हुनेमा हुम्लाको अदानचुली गाउँपालिका ६ का २३ वर्षीय खगेन्द्र बुढा, सोही ठाउँकै २१ वर्षीय खडक कठायत, सुर्खेतका ३७ वर्षीय देव बहादुर जिसी, सोही ठाउँका ३५ वर्षीय सरद राना, दैलेख गुरास गाउँपालिका ४ का १८ वर्षीया देवि मगर, २२ वर्षीया सर्मिला चौधरी, जाजरकोट नलगड नगरपालिका १३ का २२ वर्षीय अन्जान बस्नेत रहेका छन्।
कालिकोट सुगकालिका गाउँपालिका ८ का २६ वर्षीया सञ्जुकुमार शाही, जुम्लाको सिजा गााउँपालिका ४ का २० वर्षीय बम बुढा, सुर्खेतका ४४ वर्षीय रेशमलाल लामिछाने र ७१ वर्षीय झबिलाल पंगाली सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ।
सामान्य घाइते भएकाहरुको लमहीमा उपचार भएको थियो। बसको पट्टा भाँचिएपछि अनियन्त्रित भइ बस पल्टिएको चालकको भनाइ उद्धृत गर्दै वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया