चोरीको पैसाले डिस्कोमा मोजमस्ती, केटी फेरी फेरी होटलमा बास; बचेको पैसाबाट पक्की घर !

लोकान्तर

गगन अर्याल

गत साउन २१ गते राति काठमाडौंको सीतापाइलास्थित निर्मल गिरीको घरमा चोरी भयो ।

चोरले उनको घरमा भएको नगद र सुनचाँदीसहित करीब ३ लाख ५८ हजार रुपैयाँ बराबर चोरेर लग्यो । घरमा कोही नभएको समयमा चोरी भएको थियो ।

यसैगरी साउन महिनामै शंखमुलमा रहेको स्वविवेक वचत तथा ऋण सहकारी संस्थाको ढोका फोडेर १ लाख रुपैयाँ नगद चोरी भयो ।

वैशाखमा सीतापाइलामै शिवप्रसाद लामिछानेको घरबाट नगद र सुन चाँदी गरेर करीब १५ लाख बराबरको चोरी भएको थियो । 

असार महिनाको १९ गते सीतापाइलाकै बुद्धटोलमा रहेको कृष्ण लामाको घरमा ४ लाख ३० हजार रुपैयाँ बराबरको नगद र सुन चोरी भयो ।

२०७७ माघ १९ गते भने मूलपानीको देवी बचत तथा ऋण सहकारी संस्थाबाट नगद र ल्यापटप गरी २० लाख बराबरको चोरी भयो ।

प्रकाशित मिति: : 2021-11-19 15:25:00

प्रतिकृया दिनुहोस्