गणकका दुःख: कसैले भिडियो खिचेर भाइरल बनाइदिन्छन्, कसैले लखेट्ने धम्की दिन्छन्

आयोमेल

अमृत दाहाल

राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले मंगलबार फेसबुकमा लेखे–जनगणना गर्दा ख्रिस्टियन समुदायप्रति शंकास्पद व्यवहार गरिएको विशेष स्रोतबाट बुझिएको हुँदा यस विषयलाई महासंघले गम्भीरताको रुपमा लिएको छ। तसर्थ यहाँहरुको घर, समुदाय वा चर्चमा गणक जनगणना गर्न नआएमा वा धर्मको महलमा ख्रिस्टियनहरुको कोड लेख्न नमानेमा महासंघका पदाधिकारी तथा स्थानीय ठाउँको वडाध्यक्ष र गणकको नामसहित तुरुन्त जानकारी गराउन अपिल गर्दछौं।’

चार दिनअघि उनैले एक भिडियोमार्फत् गणकले पेन्सिलले लेखे त्यसलाई अस्वीकार गर्न आग्रह गरेका थिए।

आफ्नो घरमा आएकी गणकलाई एक उत्तरदाता महिलाले र्‍याखर्‍याख्ती पारेको भिडियो भाइरल भइरहेको छ। भिडियोमा उत्तरदाता महिलाले पुर्खाको भाषा नेपाली लेखेको भन्दै भनेकी छन्, ‘हाम्रो पुर्खाको भाषा संस्कृत हो, कोड ७९ हो, मैले संस्कृत भन्दाभन्दै तपाईंले नेपाली लेख्नुभयो। यसरी गल्ती गर्न त भएन नि, तपाईंहरु बच्चा हो, तपाईंहरुले जान्नु भएको छैन भने हाम्रो पुर्खाको भाषा संस्कृत नै हो।’

उत्तरदाता महिला भन्छिन्, ‘तपाईं यस्तै गर्नुहुन्छ भने म गाउँलाई उठाएर यो क्यान्सिल हुन्छ। तर उनी गणकको जवाफ सुन्नै नचाहि आफ्ना कुरामात्र भनिरहन्छिन्।

उनी अगाडि भन्छिन, ‘यदि त्यो हो भने भर्खरैमात्र मैले अध्यक्ष, नगरपालिका सबैलाई फोन गरेर, यदि तपाईंले सही विवरण लेख्न सक्नुहुन्न भने एकदम म भर्खरै भण्डाफोर गर्छु।

प्रकाशित मिति: : 2021-11-17 16:19:00

प्रतिकृया दिनुहोस्