अन्नपूर्ण पोष्ट
आगामी मंसिर १० देखि १२ सम्म चितवनमा नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजना हुँदैछ। महाधिवेशन आयोजना भइरहेको यो समय पार्टीमा चुनौती र सम्भावना बराबरी छन्। चुनौती यस मानेमा कि नेकपा एमालेविरुद्ध चौतर्फी घेराबन्दीको अवस्था छ। हिजो एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा भंग भएको अवस्था छ। एमालेभित्रै माधव नेपाललगायत केही नेता बाहिरिनुभएको छ। एमाले सरकारबाट प्रतिपक्षमा धकेलिएको अवस्था छ। अहिले एमालेविरुद्ध जुन तहको मोर्चाबन्दी, घेराउ र गठबन्धन बनेको छ, त्यो गठबन्धनका प्रारम्भिक दिनहरू नै देश र जनताका निम्ति एकदमै प्रतिकूल खालका छन्। देश र जनताको अहितमा र जनतालाई निराश साथै देशलाई चिन्तित तुल्याउने खालका पनि छन्। त्यसले आमनागरिकमा पनि नेकपा एमालेप्रति आकर्षण, विश्वास र भरोसा झन् बढ्दै गएको हो, यो एमालेका लागि सम्भावना हो।
देख्न सक्छौं, एमालेले आयोजना गर्ने कार्यक्रममा देशव्यापी रूपमै पार्टी प्रवेश गर्ने र खासगरेर सत्तारुढ पार्टीबाट एमालेमा प्रवेश गर्ने क्रम बढेको छ। अरू पार्टीबाट पनि यो क्रम बढेको छ। त्यसले एमालेप्रतिको सम्भावनाको संकेत बलियो देखाएको छ। प्रतिकूलताका बीच पनि ललितपुरको गोदावरीमा पार्टीको प्रथम विधान महाधिवेशन ऐतिहासिक रूपमा सम्पन्न गर्र्यौं। ६ हजार ३ सय प्रतिनिधिको बीचमा उच्चस्तरका छलफल र बहस भए। पार्टीलाई मार्गदर्शन दिने दस्तावेजहरूका बारेमा मतैक्यता जुन सिर्जना गर्र्यौं, त्यसले पार्टीभित्र नयाँ उर्जा थपेको छ। कात्तिक ६ गते देशका सबै वडामा र ९ गते सबै पालिकामा अधिवेशनहरू सम्पन्न गर्र्यौं। पालिकाहरूमा भएका अधिवेशनहरूमा पार्टीपंक्तिहरूमा एकताको नयाँ क्रियाशीलताको र चुनौतीलाई सामना गर्ने एउटा नयाँ संकल्प प्रतिबिम्बित भएको छ। त्यही भावना कात्तिक २७ गते भएको प्रतिनिधि छनोटमा पनि प्रतिबिम्बित भएको छ। यसको तात्पर्य ती प्रतिकूलताका बीचमा नेकपा एमालेको मौलिक विशेषता हो, जनआधारित हार्दिक सौहार्द र क्रियाशील मौलिक चरित्र। यी पुनस्र्थापित भएर पार्टी राष्ट्रिय राजनीतिका चुनौतीहरूलाई सामना गर्ने गरी अगाडि बढ्दै गएको छ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया