वैदेशिक रोजगारीले निम्त्याएको पारिवारिक विग्रह: म पुग्ने ठाउँमा पुगिसकें, अब नखोज्नू !

लोकान्तर

काठमाडौँ

पाल्पाको तानसेन धारापानीका सन्तोष विकले ५ वर्ष विदेशमा कमाएको ८ लाख रुपैयाँ टिपेर श्रीमती सरिता विश्वकर्मा परपुरूषसँग टाप कसिन् । उनी घर फर्किँदा न रगत पसिनासँग साटेको पैसा थियो, न त उनकी श्रीमती सरिता नै । 

दुुई सन्तान (छोराहरू)लाई राम्रो शिक्षादिक्षा दिने र परिवारलाई सुख र खुशीसँग पाल्छु भनेर साहुसँग ऋण लिएर खाडी मुलुक कतारको तातो हावामा काम गर्न उडेका सन्तोषलाई श्रीमतीले यतिसम्म धोका देलिन् भन्ने लागेकै थिएन । उनी विदेश नजाँदासम्म श्रीमतीसँग राम्रो सम्बन्ध थियो । फोनमा राम्रै कुराकानी हुन्थ्यो । कमाएको पैसा बेला–बेलामा श्रीमती सरितालाई पठाइरहन्थे । 

‘दुुई पैसा पनि साथमा नराखी उनीलाई सबै पैसा पठाएँ,’ सन्तोष भन्छन्, ‘विदेशमा रहँदा एक/डेढ वर्षपछि छिमेकीहरूले गाइँगुइँ कुुरा गर्न थालेपछि ३५ महिनामा घर आउँदा न श्रीमती न सम्पत्ति ।’ 

सन्तोष घर आउँदा श्रीमती भागिसकेकी थिइन् । सोधखोज गर्दा उनी बर्दियामा एक थारू युवासँग गएको सन्तोष बताउँछन् । 

‘घर आएको वर्ष दिन हुन लाग्यो, न आ–आफ्नो बाटो लाग्ने अवस्था छ, न सँगै बस्ने । मलाई घर न घाटको बनाएकी छे । सोधखोज गरेर फोन सम्पर्क गर्दा आउँदिनँ भन्छे । कि सम्बन्ध विच्छेद हुनुपर्‍यो, कि सँगै हुनुपर्‍यो । म त मर्नु न बाँच्छु भएको छु,’ सन्तोषले रुँदै भने ।

प्रकाशित मिति: : 2021-11-02 20:16:00

प्रतिकृया दिनुहोस्