अगाडिपट्टि ठूलाठूला पोका। छेवैमा भाग लगाएको जस्तो सामानहरु। त्यसको ठीक पछाडि अनुहार छोपेर उभ्याइएका मानिस।
यस्ता दृश्य धेरै पटक देखिएका छन्। प्रहरीले कुनै मानिसलाई केही अवैध वा कानुनले वर्जित गरेका सामाग्रीसहित समातेपछि सार्वजनिक गर्दा देखिने औपचारिक दृश्य यस्तै हुन्छ।
यसरी प्रहरीले बरामद गर्ने सामानमा सुनदेखि अवैध रुपमा भित्र्याएका नुनसमेत हुनसक्छ। प्रहरीले बरामद गरेका सुन, चाँदी, पैसा तथा भन्सार नतिरी ल्याएका सामान राज्यले नै लिने गर्छ। तीमध्ये केही लिलामीमा चढ्छन् त केही सोझै सरकारी ढुकुटीमा जान्छ। प्रहरीले गत आर्थिक वर्षमात्र बरामद गरिएको सुनबाट करिब २७ करोड १५ लाख ९१ हजार ६ सय ८० रुपैयाँ मुलुकको राजश्वमा दाखिला गरायो।