रामकुमार परियार
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले खाडीमा कार्यरत नेपाली श्रमिकहरुको न्यूनतम् पारिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेका छन्।
युएईमा जारी छैटौं श्रममन्त्री स्तरीय अबुधाबी डायलगमा सम्बोधन गर्दै श्रेष्ठले नेपाली श्रमिकको तलब वृद्धि गर्नुपर्ने, कार्यस्थलमा श्रमिकको सुरक्षा बढाउनुपर्ने, श्रमिकको दक्षता अभिवृद्धि गर्न र सिकेको शिपलाई मान्यता प्रदान गर्न थप सहकार्य गर्नुपर्ने विषयमा जोड दिएका छन्। कोभिड–१९ महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्किएका श्रमिकको सामाजिक तथा आर्थिक जीवनलाई सुधार गर्न श्रेष्ठले गन्तव्य देशलाई प्रस्ताव समेत गरेका छन्।
मन्त्री श्रेष्ठले श्रमिकको क्षमता विकासका कार्यक्रम गर्नुपर्ने, आगमन तथा प्रस्थान बिन्दुमा निशुल्क पिसिआर परिक्षण, निशुल्क क्वारेन्टाइन तथा आईसोलेसन र निःशुल्क उपचारको व्यवस्था मिलाउन प्रस्ताव गरेका छन्। दक्षिण एसियामा श्रमिक पठाउने र श्रमिक लिने देशहरू बिच श्रमिकको हकहितका लागि समन्वय गर्ने मंचका रुपमा स्थापित 'अबुधाबी डायलग'मा यसवर्ष १६ वटा देशका श्रममन्त्री तथा उच्च अधिकारीहरु सहभागी भएका छन्।
अबुधाबी डायलगमा आप्रवासी श्रमिकको हित र सुरक्षालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ। भोलि (शुक्रबार) सम्म संचालन हुने डाइलगमा नेपालबाट मन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, उपसचिव थानेश्वर भुसाल र युएईका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकाल सहभागि भएका छन्।
नेपाली समुदायसँग मन्त्रीको अन्तक्रिर्या
यसैबीच अबुधाबीस्थित नेपाली दूतावासमा मन्त्री श्रेष्ठले बुधबार साँझ नेपाली समुदायका प्रतिनिधिहरुसँग अन्तक्रिर्या गरेका छन्।
नेपाली दूतावासले आयोजना गरेको अन्तक्रिर्यामा युएईमा क्रियाशिल नेपाली संघ संस्थाका प्रतिनिधिहरुले नेपाली श्रमिकका समस्या तथा गुनासाहरु मन्त्रीसमक्ष राखेका थिए। कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन मन्त्रालयले ठोस कदम चाल्ने प्रतिबद्धता गरेका थिए।
बुधबार नै मन्त्री श्रेष्ठले युएईका मानव संशाधन तथा अमिरातिकरण मन्त्री डाक्टर अब्दुल रहमान अब्दुल मनानसँग भेटवार्ता गरेका थिए। भेटवार्ताका क्रममा युएईमा रहेका नेपालीहरुको हकहितको रक्षा लगायतका द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको नेपाली दूतावासले जानकारी दिएको छ।

न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया