लमजुङका सात पालिकामा एमालेको नेतृत्व सर्वसम्मत

नेकपा (एमाले)ले लमजुङका सात पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ।

जिल्लाको बेशिसहर नगरपालिका, मध्यनेपाल नगरपालिका, सुन्दरबजार नगारपालिका, राईनास नगरपालिका, दोर्दी गाउँपालिका, दुधपोखरी गाउँपालिका र क्वहोलासोथर गाउँपालिमा  सर्वसम्मत नेतृत्व चयन भएको हो।

बेशिसहर  नगरपालिकाको प्रथम नगर अधिवेशनबाट राजकुमार बिस्ट सर्वसम्मत अध्यक्ष चुनिएका छन्। नगर कमिटीको उपाध्यक्ष दुर्गा वुढाथोकी, सचिव सरद वराल, उपसचिव वुना रिमाल, उपसचिव विरेन्द्र गुरुङ , मध्यनेपाल नगर कमिटीको अध्यक्ष योगेन्द्रनारायण शाह,उपाध्यक्ष सूर्य गुरुङ ,सचिव विष्णुभक्त पौडेल,उपसचिव शारदा शाखी र उपसचिव सूर्यबहादुर नेपाली चयन भए।

राइनास नगर कमिटीको अध्यक्षमा पुर्ण गुरुङ, उपाध्यक्ष ध्रुव अक्केला,सचिव वलराम घिमिरे, उपसचिव अनन्त त्रिपाठी र उपसचिव शान्त न्यौपाने चयन भएका छन्।

सुन्दरबजार नगरकमिटीको अध्यक्षमा भीम गुरुङ चयन भएका छन्।

दोर्दी गाउँ कमिटीको अध्यक्षमा युवराज अधिकारी, उपाध्यक्षमा मान गुरुङ, सचिवमा अम्विका मरहठा, उपसचिवमा लालमाया मिजार र उपसचिव नेत्र गुरुङ चयन भएका छन्।

क्वोलासोथार गाउँ कमिटी अध्यक्षमा  नारायण गुरुङ,उपाध्यक्षमा सूर्य गुरुङ,सचिवमा गीतबहादुर गुरुङ र उपसचिव आस्विर गुरुङ  चयन भएका छन्।

जिल्लाको दुधपोखरी गाउँ कमिटीको अध्यक्षमा धनबहादुर गुरुङ, उपाध्यक्षमा गणेश गुरुङ, सचिवमा फुलबहादुर तामाङ, उपसचिवमा लोकविलास दवाडी चयन भएका छन्। मर्स्याङ्दी गाउँपालिकामा भने बुधबार अधिवशन हुने छ।

प्रकाशित मिति: : 2021-10-27 08:57:00

प्रतिकृया दिनुहोस्