कोरोनाले झन् बिगारेको गरीबको दशैं

लोकान्तर

पाेखरा

 

विजय उत्सव

पोखराको बसपार्क छेउमा सुकुम्वासी बस्ती छ । शिव टोल भनिने बस्तीमा गुजमुज्ज गरी डेढ सयजति घर छन्, सबै टिनले छाएका । 

ओत लाग्ने छानो मुन्तिर एक पुरुष एकतमासले चुरोट पिइरहेका छन् । गाला चाउरिँदै गरेका । आँखा गडिसकेका छन् उनको । निन्याउरो देखिन्छन् । 

नजिकैको बसपार्कमा दशैंका लागि घर फर्किनेहरूको भीड देखिन्छ । गाडीको आवाज एकनाससँग बजिरहेको छ । शहरमा विभिन्न पेशा व्यवसाय गरी बस्दै आएकाहरू वर्ष दिनपछिको दशैं मान्न हिँडेका हुन् । त्यो दृश्य घर छेउबाट प्रस्टै देखिन्छ तर उनलाई कुनै परवाह छैन । 

दशैं लागेन दाइ ? 
लोकान्तरको जिज्ञासामा उनी झस्के र प्रतिप्रश्न गरे, ‘बावु को हुनुहुन्छ, कहाँबाट आउनुभएको हो ?’ 

परिचय पाइसकेपछि उनले निर्धक्कसँग भने, ‘हामी गरीबलाई केको दशैं लाग्थ्यो र ! काम नगरी खान छैन ।’

कृष्ण विक नाम बताउने उनी ६१ वर्षका भए । उनको जन्म तनहुँको जामुनामा २०१७ मंसिर १७ गते भएको हो । उनका अनुसार जन्म साल र गते सत्र भए पनि उनको जीवनमा कहिल्यै सत्र भएन, बरु साढेसातका दशाले घेरिरह्यो । त्यसैले ५ पत्नीसम्म भित्र्याएका उनको साथमा अहिले चाडबाडको बेला कोही छैनन्, छन् त १ छोरा मात्र ।

प्रकाशित मिति: : 2021-10-14 12:59:00

प्रतिकृया दिनुहोस्