अनुशा थापा
विजयादशमी लगभग सुुरु भइसकेको छ। घटनास्थापना लागेसँगै दशैंको आगमन भएको हो। घटनास्थापनाको दिन बिहीबार हामीले विभिन्न मन्दिरहरुमा घुइँचाे देख्यौं। हनुमान ढोकास्थित नासल चोकमा जमरा राख्दै गरेका नेपाल आर्मीको मेजर असिम श्रेष्ठ पनि देखापरे।
यता, बडादशैंको पहिलो दिन भन्दै देशभरका शक्तिपीठहरुमा निकै भीड देखियो। उपत्यकामा मात्रै नभई देशभरीका मन्दिरमा जमरा राखियो। कालिका मन्दिरमा त जौँ र मकैको जमरा राख्नको लागि भक्तजनहरुको घटनास्थापनामा निकै भीड थियो।
घटनास्थापनाको दश दिनमा दशमी हुन्छ। दशमीको दिन घर-घरमा जमरा चाहिन्छ। टीका र जमराको प्रयोग गरि दशैं मनाइन्छ। घटनास्थापनामा दर्शन गर्न जानुको महत्व नै अर्कै हुन्छ। हिन्दु धर्मालम्बीहरुमा दशैंको छुट्टै महत्व र महिमा छ। महिमाको कारण पनि मन्दिरमा चर्को भीड देखियो।
हामी भगवानप्रति आस्था राख्छौ। जुन राख्नु पनि जरुरी छ। हरेक मान्छे कुनै न कुनै धर्मसँग जोडिएको हुन्छ। हामी भगवानसँग जोडिएका मात्रै छैनौ। भगवानप्रति आशावादी पनि छौं। भगवानलाई मानौं भने आफ्नो इच्छा पुरा हुन्छ भन्ने विश्वास हामीमा छ।
आफ्नो इच्छा पुरा गर्न पनि हामी भगवानको गाना गाउँछौँ। हामी कति सामन्ती, लाेभी छौँ, यहीबाट पत्ता लगाउन सक्छौँ। अरु बेलाभन्दा पनि आफूलाई आवश्यक परेको र चाडपर्व आएको बेला हामी भगवानको नाम जप्छौ। मानिस भनेको सबैभन्दा लोभी जातका प्राणी हौँ।
अरु प्राणीलाई एक पेट खाँदा भएको छ तर मानिसलाई त्यतिले पुग्दैन। अरुले मेलैभन्दा धेरै गर्छ भनि हामी जहिले पनि डराइरहेको हुन्छौँ। अझ मेरो यो कुरा पुरा भयो भने म यो गर्छु भनेर भाकल राखेको हुन्छौँ। विश्वास राख्दा कतिको भाकल पुरा पनि होला।
तर समय र परिस्थितिलाई पनि हेर्नुपर्छ। बोका, राँगा, कुखुरा लिएर बलि चढाउन जाने बेला हो यो ? गाडीमा खसीबोका लिएर बलि उपत्यका बाहिरको मन्दिर जाने संख्या ह्वात्तै बढेको छ। उनीहरुको कोरोना परीक्षणसम्म भएको छैन। यस्तोमा कोरोना फैलिने डर निकै बढेको छ।
नेपालभरि रहेको मन्दिरहरु सबै पौराणिक कालका हुन्। राजा हुदाँखेरी बनाएको मन्दिरहरु छन्। मन्दिरभित्र एउटा हात धुने ठाँउको व्यवस्थासमेत छैनन्। शौचालयको पनि व्यवस्था गरिएको छैन। मन्दिरको दाँयाबाया, बिचमा आफ्नो मर्जी अनुसार लाइन बसेको छन्।
मन्दिरमा दैनिक हजारौं भक्तजनहरुको आवत-जावत हुन्छ। कसैको मन्दिर छेउछाउ मागेर खाने आमाबुवा र भाइबहिनितिर आँखा गएको छ। अरुको त कुरा छोड्औँ, राजनितिक दलहरु पनि त मन्दिर भ्रमणमा जान्छन्। के तिनीहरुले यसरी मागेको खाएको देखेको छैनन्।
दशैं एउटाको मात्र चाड होइन। तर उनीहरुलाई चाहिँ दशैं किन आएन? के उनीहरु मान्छे होइनन्। हामी नेपालीहरुको बानी यति गएगुज्रिएको छ भनेर साध्य पनि छैन। कुनै बाटोमा मागेर खानेलाई पाँच रुपैयाँ दिनपर्याे भने हाम्रो दाँतबाट पसिना आउँछ।
तर जसले खान सक्दैन् उसको अगाडि लगेर दुध, दही र फलफुल पोख्छौं। जसलाई हामीले भगवान भनेर पुजा गरिरहेको छौ त्यो त ढुङ्गा त हो। आस्था राख्न त मन छँदैछ। त्यहाँ लगेर फोगट्टे पोख्ने दुध, दही खान दिएको भए कसैको सास बच्थ्यो। तर नेपालीमा त्यती सोच्न सक्ने दिमाग छैन्। हामी हिजो पनि धाकको पछाडि दौडेका थियौँ।
भोलि पनि हाम्रो गति त्यही नै हो। गरिबको अगाडि पर्न हामीलाई लाज लाग्छ। हाम्रो इज्जत जान्छ जस्तो व्यवहार देखाउँछौ। सरकारले पनि यसरी मन्दिरमा मागेर खानेहरुलाई खान, बस्नको व्यवस्था मिलाउनुपर्ने हो।
अझै मागेर बसेका बालबालिकालाई त शिक्षाको व्यवस्थासम्म मिलाउनुपर्ने हो। किनकि उनीहरु नै भोलिका कर्णधार हुन्। देशको लागि उनीहरुको ठूलो योगदान पुग्छ। तर देशको राष्ट्रपति र प्रधानमन्त्रीसंग त्यति सोच्न फुर्सद नै छैन। दिनभरि त व्यापारी र पैसावालको अघिपछि गर्दै ठिक्क हुन्छ।
देशको हरेक निर्णय गर्ने अधिकार राजनीतिक दलको हातमा छ। देशको नियम कानूनको डोरो नै यिनीहरुले समाएका छन्। तर यिनीहरुसंग काम गर्न सक्ने क्षमता र भिजन छैन। यिनीहरु कसरी जनतालाई दुःख दिन पाइन्छ र व्यापारीसंग कमिशन लिन पाइन्छ भन्ने विषयमा मात्र ज्ञान छ।
बाटोमा मागेर खाने कति अपांग भएकासमेत छन्। मन्दिर जाने बाटाहरुमा यस्ता थुप्रै दुश्य देख्न सकिन्छ। उनीहरु मर्ने दिन पर्खेर बसेका छन्। यस्तोलाई सहयोग गरेमा मात्रै धर्म हुने हो। भगवानको अगाडि करोडौको सामान लगेर चढाउँदा धर्म हुन्छ भनेर सोच्नु नै गलत हो।
मागेर खान कसैलाई रहर लाग्दैन। मागेर खान हामीलाई लाज लाग्छ भने उनीहरुलाई लाग्दैन होला। मागेर खानु बाध्यता हो। जसलाई नेपाल सरकारले रहरको रुपमा हेरेको छ। प्रधानमन्त्री, मन्त्रीदेखि राष्ट्रपतिले जनताले तिरेको करबाट आफ्नो तीन पुस्तालाई पुग्ने सम्पत्ति जोडे। तर जनताको बारेमा कहिल्यै सोचेनन्। यस्ता प्रधानमन्त्री, मन्त्रीदेखि राष्ट्रपतिलाई नेपाली जनताले धिक्कारिरहेका छन्।
मागेर खाने नेपाली जनताको आत्मा रोइरहेको छ। राजनीतिक दलहरु मन्दिर जाने बेला मन्दिर वरिपरि मागेर खानेलाई उनीहरुको सुरक्षाकर्मीले लखेट्छन्।
नेपालमा अधिकांशले हिन्दु धर्मको पालना गर्छन्। व्रत, पूजा-आजामा विश्वास राख्छौँ। हामीले मागेको कुरा सबै पूरा होस् भनेर भगवानलाई प्रार्थना गछौं। भगवानले सुनेर पुरा गरिदिएका पनि होलान्। तर ती मागेर खानेको इच्छा किन पुरा भएनन्।
उनीहरुको इच्छा सानो छ। पेटभरि खान पाउ र सुत्नलाई छत पाउ भन्ने त हामीले पनि पुरा गर्न सक्थ्यौँ। तर नेपालीहरु त्यति सोचविचार गर्ने खालका छैनन्। मागेर खानेहरुले राज्यबाट पाउनुपर्ने कुनै पनि सेवा-सुविधा पाएका छैनन्। भगवानलाई माग्ने अनि खुट्टा पसारेर बस्ने नेपालीहरुको काम हो।
जो मान्छे इमान्दार छ, जसले मिहिनेत गर्छ। पसिना बगाउँछ, रातदिन नभनी काममा खट्छ उसलाई भगवानको आवश्यकता पर्दैन। तर काम नगर्ने, अल्छीहरु भगवानको अगाडि जान्छन्, आफ्नो भएजतिको इच्छाचाहना परिपुर्तिको लागि प्रार्थना गर्छन्। अनि हजारौँको सामान फोगट्टे खेर फालेर आउँछन्।
त्यस्तालाई म भगवानप्रति आस्था राख्छु भन्दै ठिक्क हुन्छ। त्यहीमाथि पनि दशैं सुरु भइसकेको छ। देशभरका मन्दिरमा भक्तजनहरुको भीड ह्वात्तै बढेको छ। पूजा गर्नलाई ४ घण्टासम्म लाइन बस्नु परेको भक्तजनको भनाइ छ।
रातिदेखि आएर लाइन बसेको भन्ने पनि यत्तिकै छन्। कुनै पनि मन्दिर व्यवस्थापन समितिले कोरोनाको परिस्थितिलाई नियालेर व्यवस्थापन मिलाउन सकेको छैन। न त मन्दिरहरुमा स्वास्थ्य मापदण्डको पालना नै भएको छ। पुजा गर्न आउनेहरुले मुखमा मास्क समेत लगाएको छैनन्। यसले गर्दा कोरोना फैलन सक्ने सम्भावना बढेको छ।
जिल्ला प्रमृख अधिकारीहरुले पनि कोरोनाको जोखिमलाई बेवास्ता गरिरहेको प्रष्टै देखिन्छ। पूजाआजा गर्ने भन्दै दिनौ-हजारौं सर्वसाधारण उपत्यका बाहिर गएका छन्। उनीहरुको कोरोना परीक्षणसमेत भएको छैन्। उपत्यका भित्रिनेको पनि कोरोना परीक्षण भएको छैन।
सर्वसाधारणहरुले पनि कोरोना हटिसक्यो भन्दै लापरबाही गरेकाे प्रष्टै देखिन्छ। कति बुढाबुढी र बालबच्चा बोकेर मन्दिरमा पूजा गर्न आएका छन्। तर यो कोरोनाले बालबच्चा पनि भन्दैन। स्वास्थ्य मन्त्रालय, पर्यटन मन्त्रालयले मठमन्दिर खुला गरेर कोरोना फैलाउने काम गर्याे।
पर्यटन मन्त्रालय र गृह मन्त्रालयले मापदण्ड बनाएर मठमन्दिर खुला गरेको थियो। तर मापदण्ड बनाउने काम मात्र भयो अनुगमन भएन। जनताले पनि अटेर गरे। स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रण गर्न कुनै पनि कदम चालेको छैन। सरकारले कोरोना नियन्त्रणको लागि छुट्याएको बजेट व्यापारीसँग सामान किन्दै कमिशन खाँदै ठिक्क छ।
कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा परिवर्तन आएको छैन। सरकारले पनि कोरोना परीक्षण गर्न छोडिसकेको छ। दशैंको बेलामा स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्नुस् भनेर एउटा सुचनासमत निकालेको छैन।
गृह मन्त्रालयले व्यापारीहरुसंग पैसा खाँदै अनुगमन गर्न छोड्यो। जसबाट कोरोना फैलिने र भोकाहरु मर्ने निश्चित छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया