पूर्वसोभियत नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मिखाइल गोर्भाचेभले शुक्रबार पत्रकार मारिया रेसा र दिमित्री मुराटोभलाई प्रदान गरिएको यसवर्षको नोबेल शान्ति पुरस्कार विश्वका प्रेसका लागि ‘शुभ समाचार’ भएको बताएका छन्।
“यो राम्रो छ, धेरै राम्रो खबर छ, यस पुरस्कारले आधुनिक संसारमा प्रेसको महत्त्वलाई ठूलो उचाइमा पुर्याउँछ“ नेता गोर्भाचोभको टिप्पणी छ।