एसएसपी सिंह भन्छन्ः ढुक्क भएर घर जानुस् सम्पत्तिको सुरक्षा हामी गर्छौँ‌ [भिडियाे]

जब मानिसको भीडभाड र अस्तब्यस्त हुन्छ तब आपराधिक गतिविधीमा संलग्न रहेकाहरु सलबलाउन थाल्छन्।

हिन्दूहरूकाे महान चाड दशैं–तिहार नजिकिदैछ। देशका ७७ वाटै जिल्लाबाट काठमाडौंलाई कर्मथलो बनाएर बसेकाहरु दशैं, तिहार मनाउन  गाउँ (घर) फर्किने गर्छन्। याे अवधिमा काठमाडौं शुन्य जस्तै हुन्छ।

दशैंको किलमेलमा हुने भीडभाड र त्यसपछिको सुसान चोरका लागि चौतारो जस्तै हुन्छ। दशैं तिहारको पूर्वसन्ध्यामा काठमाडौंमा हुने भीडभाड र घर जानेहरुको घुँईचोका कारण काठमाडौं अस्तव्यस्त हुन्छ। यो अवस्थामा चोरी, डकैती, पाकेटमार तथा लुटपाटका घटनाको त्रास हुन्छ।

यी र यस्ता घटना हुन नदिन काठमाडौं प्रहरीले दशैं, तिहारमा विशेष सुरक्षा योजना बनाएकाे छ। बिगतका घटना र काम कारवाहीलाई अध्ययन गरी काठमडौं प्रहरीले विशेष सुरक्षा योजना बनाएकाे हाे।
काठमाडौंको न्यूरोड, बसन्तपुर, सुन्धारा दरबारमार्ग लगायतका क्षेत्रमा यतिबेला किलमेल गर्नेको निकै घुँईचो लाग्ने गर्छ। त्यस्तै उपत्यकाबाट बाहिरिने नाका थानकोट, बल्खु, कोटेश्वरमा मानिसको भीडभाड हुने गर्छ।

त्यसैले प्रहरीले यस्ता क्षेत्रहरूमा काठमाडौंको सुरक्षा व्यापक प्रहरी परिचालन गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिहंले बताएका छन्। 

बिएल नेपाली सेवासँग कुरा गर्दै एसएसपी सिहले भने,'दशैंका बेला कसैले आपत्त भोग्न नपरोस, अनि चोरदेखि पाकेटमारको चपेटामा पर्न नपरोस् भन्नका लागि हामीले काठमाडौंमा विशेष सुरक्षा योजना लागू गरेका छौं, तपाईंहरु घर ढुक्कले जानुस्, तपाईको सम्पतीको सुरक्षा हामी गर्नैछौं।'

उनका अनुसार काठमाडौंको भीडभाड हुने क्षेत्र, बैक तथा वित्तिय सस्था, व्यापारीक केन्द्रमा व्यापक प्रहरी परिचालन गरिएको छ। सादा पोशाकमा खटिएका प्रहरीले सूचना संकलन गर्ने छन् र त्यसैका आधारमा थप प्रहरी परिचालन गर्ने काठमाडौं प्रहरीले तयारी थालेको छ। त्यसैगरी काठमाडौं बाहिरिने मुख्य नाका थानकोटमा प्रहरीले तालिम प्राप्त कुकुर समेत परिचलान गरेको छ।

त्यस्तै, घर जाने बेला कोही पनि अलमलमा नपरुन भन्नका लागि प्रहरीले नयाँ बसपार्क र सवारी साधन छुट्ने स्थानमा नागरिक सहायता कक्षको स्थापना गरेको छ। कालाबजारी रोकथामदेखि सवारीकाे टिकटमा हुने चलखेल रोख्न प्रहरीले यातायात व्यावसायीसँग समन्वय गरी त्यस्ता कार्यमा संलग्नलाई कानूनी कारवाही गर्दै आएको एसएसपी सिंहको भनाई छ।
' विगतमा पनि दशैंमा घर जानेहरुले टिकटमा हुने कालाबजारीदेखि विभिन्न कारण दुःख पाउनु परेकाे थियाे तर हामी अब त्यस्ताे हुन दिन्नौ, त्यसैका लागि विशेष सुरक्षा परिचालन गरेका छौं।' सिहले भने।

उनका अनुसार अहिले भीडभागमा हुने आपराधिक गतिविधीका सूचना संकलन गर्न व्यापक मात्रामा सादा पोसामा प्रहरी परिचालन गरिएको छ। त्यस्तै, सीमा क्षेत्रमा गस्ती, पेट्रोलिङ्, सीआरभी, साईकल गस्ती लगायतका सरक्षा जाँच गरिने समेत एसएसपी सिंहले बताए। 

प्रकाशित मिति: : 2021-10-09 21:50:00

प्रतिकृया दिनुहोस्